Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

मनाइदै आएको अन्तर्राष्ट्रिय मे दिवसको मर्म


२०७७ बैशाख १८ गते , विहीवार प्रकाशित

 मनाइदै आएको अन्तर्राष्ट्रिय मे दिवसको मर्म     ‘विश्वका मजदुर एक होऊ, तिमीले गुमाउने तिम्रा हातमा लागाएको हत्कडी बाहेक अरु केही छैन पाउने सारा संसार छ’ । कार्ल मार्क्सको यही नारा आज पनि मई दिबसका बेला बिश्वभरी गुञ्जायमान गर्ने गरिन्छ । बर्षौंदेखि बिकसित बिकासिशील जुनसुकै देशमा यस्तै हुँदै आएको देखिन्छ । मजदुर को हो, किन हो, कुन कुन बिवशता र बाध्यमातमा छ, तिनका दुःख दर्दहरु के छन्,  उनीहरुलाई यो बिवशताबाट मुक्ति किन मिलिरहेको छैन, किन एक ब्यक्ति होइन पूरा परिवार नै मजदुर हुने गर्दछ, किन एक पिढी पछि अर्को पिढीमाथि मजदुरीको बोझ पर्ने गर्दछ यस्ता धेरै गम्भीर प्रश्नहरु उठाउने र छलफल गर्न थाल्ने हो भने अनेक ब्यबहारिक कठिनाईहरु र समस्याहरु खडा हुन थाल्दछन् । यसकारण यस्ता प्रश्नहरुबाट तर्किएर संघर्ष, आन्दोलन, एकता जस्ता  शब्दाबलीहरुको सहारा लिदै र क्रान्तिकारी आबरण बनाउदै अन्तर्राष्ट्रिय मई दिवस या मजदुर दिवस मनाउने औपचारिकता पूरा गरिने गरिन्छ ।


   कार्ल मार्क्सले जतिबेला  बिश्वका मजदुरहरुको कुरा गरेका थिए त्यतिबेला पूँजीवादी शक्तिहरुले जोड पक्रिसकेको थियो, औपनिवेशिक  दासता ठाउँ ठाउमा कायम गरिएको र रहेको थियो । साम्यबादले संघर्षको नयाँ इतिहास लेखिरहेको थियो र बिश्वले लोकतन्त्रको कखरा सिक्दै मात्र थियो । त्यसपछि बिश्वको स्थिति बद्लियो । धेरै देशहरुले स्वाधीनता हासिल गरे, आफ्नो संबिधान आफै पनि बनाए,राजनीति ब्यक्ति र धर्म केन्द्रित हुनको साटो जन केन्द्रित पनि हुन थालेको भान भयो, शताब्दीयौंदेखि दबेका कुल्चिएका  मानिसहरुको हातमा निर्णायक शक्ति आएको जस्तो पनि भान प¥यो  । यो परिवर्तन मानब सभ्यताको एउटा महत्वपूर्ण क्रम र कालखण्ड भने अबश्य थियो नै  । जसरी  आगो र चक्का आबिष्कारले मानिसलाई सभ्यताका धेरै खुट्लिा चढाइदिए त्यसरी नै  राजनीतिक स्वतन्त्रता र त्यसबाट हासिल अधिकारहरुले मानिसलाई अझ अघि बढाउन मद्दत ग¥यो । बिश्वका धेरै देशहरुमा आज बिकासको जुन झण्डा फर्फराई रहेको छ त्यो यसै अधिकारका कारणले हो । तर बिश्वका कयौ देशहरुका बारेमा अझै पनि निराशा कै स्थिति छ । लोकतन्त्रको तक्मा लगाएको संबिधान भएर मात्र हुने रहेनछ । ब्यवहारमा सामन्ती मानसिकता छ्याप्छ्याप्ती भए पछि परिवर्तनको पद चिन्ह र पदचाप  नै बिलुप्त हुनजाँदोरहेछ । यस्तै चरित्र र ब्यवहारले गर्दा आज देशका मजदुर, किसान लगायतका सम्पूर्ण श्रमजीवी जनता कुनै पनि दलहरुको केन्द्रिय बहस र छलफलको बिषय बस्तु बन्न सकेका छैनन् र बन्ने गर्दैनन् । 


  हुन त चुनावका बेला जनता अल्मल्याउन अनेक छद्मा नराहरु अघि सार्ने गरिएको छ । जनताका आधारभूत समस्याहरुबाट उनीहरुलाई बिषयान्तर गर्नका लागि अनेक झूटा सपना पनि देखाउने गरिन्छ  तर उनीहरुका आधारभूत र खाश मुद्दा या बिषय बस्तुमा केन्द्रित र तल्लिन हुने कुराबाट मुख मोडिन्छ र तिनलाई नछोइकन अलग्गै छोडिन्छ । यो एउटा अत्यन्तै गम्भीर र दुःखदायी कुरा हो कि एकातिर देशका थोरै मानिसहरुको हातमा अत्याधिक अर्थात आधाभन्दा बढी सम्पत्ति केन्द्रित छ । अर्कोतर्फ बिपन्न मजदुर किसानको हातमा न्यूनतम राष्ट्रिय आयको कुरोकन्थोसम्म कतै चल्दैन र छैन प्राबधान राख्ने कुरा त टाढैको कुरा भयो । हरेक देशले आफ्नै हिसाबले न्यूनतम आय निर्धारण गर्ने गर्दछन् । मानौ एउटा देशको मजदुरको भोक अर्को देशको भन्दा बढी या कम हुने गर्दछ । चुनाव लड्ने दलहरुको घोषणापत्रमा पनि मजदुर बर्गको कुरा उनीहरुको जीवन सुरक्षित र असल भए जस्तै गरी कुनै वास्ता गरिएको हुदैन या उनीहरुका लागि केही सहुलियतका नारा राखिदिएर छुट्टी लिइन्छ । मानिसले बाच्न पाउने अधिकार भनेको उसले खान लाउन र बस्न पाउने न्यूनतम आधार राज्यले तय गर्नु र त्यसको परिपालना गर्नु गराउनु हो । मूलतः त्यही नै मानबाधिकारको पनि आधार हो । त्यसको अभावमा श्रमजीबी बर्गले मानब अधिकार कसरी हासिल गर्न सक्छ र !

  बास्तवमा जबसम्म श्रमजीबी बर्गले जीवन धान्ने न्यूनतमा आधार पाउदैन, उनीहरुलाई बर्गल्याउन जाति, धर्म अर्थात मठ, मिन्दर, गुम्बा, बिहार, मस्जिद, चर्च आदि अनेक सँस्कृति, क्षेत्र आदिका नाममा बिभाजित र भ्रमित तुल्याइन्छ तबसम्म कार्ल माक्र्सले भने जस्तो बिश्वका मजदुरहरु एकजुट हुने आधार बन्दैन । उनीहरुको मुक्तिको बाटो कमजोर हुन्छ । उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता पाउन सक्ने कुनै बस्तुगत अबस्था सिर्जना हुदैन । त्यसैले मजदुर दिवस अर्थात मई दिवस मनाउने गर्दा मजदुर बर्गका गम्भीर समस्याहरुप्रति गरिखाने बर्गलाई सचेत, संगठित र संघर्षशील तुल्याइनु अत्यावश्यक छ , जसले गर्दा उनीहरुका मूलभूत समस्याहरुमाथि राज्य र समाजको ध्यान केन्द्रित होस् । अन्यथा माक्र्सले जुन शोषणरहीत समाजको निर्माणको दिशाबोधकासाथ  ‘संसारका मजदुर एक होऊ’ भन्ने नारा दिएका हुन् र ‘उनीहरुसँग गुमाउने कुरा आफ्नो हत्कडी मात्र हो पाउने कुरा सारा संसार छ’  भनेका हुन् यथार्थतः त्यसको मर्म सार्थकता र उपादेयताको छेउसम्म पनि पुग्न सकिने छैन । यो अकाट्य कुरा हो । यीनै भावनका साथ सम्पूर्ण श्रमजीवी बर्गमा १३०औं मे दिवसको उपलक्षमा शुभकामना !  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif