Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

विपद् उपसमिति बनाई मेगा ड्रिमले थाल्यो काम


२०७७ बैशाख १८ गते , विहीवार प्रकाशित

दृष्टिविहनि र अशक्तलाई राहत सामग्री वितरण


मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले मध्यपुर थिमी नगरपालिका–२ मगरगाउँका  दृष्टिविहीन तथा शारिरीक रुपमा अशक्त परिवारलाई सहयोग गरेको छ । 

संस्थाले दृष्टिविहीन तथा शारिरीक रुपमा असक्त १७ परिवारलाई एक सिलिण्डर ग्याँस र १० केजी तरकारी सहयोग गरेको हो । जसबाट ४७ जना दृष्टिविहिन तथा शारिरिक रुपमा अशक्त व्यक्ति लाभान्वित भएका छन् । 

सञ्चारमाध्यमबाट उनीहरुको अवस्था बारे जानकारी पाएकाले संस्थाले उनीहरुलाई एक सिलिण्डर ग्यास खरिद गर्न पैसा र १० केजी तरकारी उपलब्ध गराएको संस्थाका प्रबन्ध सञ्चालक महाशंकर रेग्मीले जानकारी दिए ।  

वडा कार्यालयको संयोजनामा सहयोग हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा रेग्मी सहित संस्थाका कोषाध्यक्ष इन्द्रप्रसाद गेलाल, सञ्चालक शेखर बस्नेत र कर्जा विभाग प्रमुख प्रदिप जोशीको उपस्थिति रहेको थियो । 

संस्थाले एक विपत् व्यवस्थापन उपसमिति समेत गठन गरेको छ। उक्त उपसमितिको संयोजक महाप्रसाद रेग्मी रहेका छन् भने सदस्यहरुमा कोषाध्यक्ष इन्द्रप्रसाद गेलाल, सञ्चालक शेखर बस्नेत, चाबहिल सेवा केन्द्र प्रमुख पुरन कुँवर र मुख्य कार्यालय माछापोखरीका व्यवस्थापक प्रदीप जोशी रहेका छन् ।  

उपसमितिले आन्तरिक रुपमा तरलता व्यवस्थापन, जोखिम व्यवस्थापन, बचत र ऋणको अवस्था बारेमा अध्ययन गरिरहेको छ । सोही अध्ययनको आधारमा बचत तथा ऋणलाई व्यवस्थापन गर्न अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना योजना बनाएर संस्था अगाडि बढ्ने रेग्मीले जानकारी दिए । 

त्यसैगरी संस्थाले मापदण्ड बनाएर दैनिक ज्यालादारी गरेर खाने, एकल महिला र बेरोजगार सदस्यहरुलाई छिटै दाल, चामल, तेल लगायतका खाद्य सामग्री उपलब्ध गराउने भएको छ । 

संस्थाले गत चैत्र २६ गते देखि नै कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिँदै आएको छ । ७२ सालको भूकम्पको बेलामा पनि खाद्यान्न व्यवसाय गर्ने सदस्यहरुले तरलता व्यवस्थापनमा सघाउ पुराएको बताउँदै उनले थपे “अहिले पनि दैनिक उपभोग्य सामग्री व्यवसायीले दिनको ३–४ घण्टा व्यापार गरिरहेका छन् र त्यो पैसा संस्थामा जम्मा गर्ने गरेकाले तरलता व्यवस्थापनमा सहयोग मिलेको छ ।” संस्थाको न्यूरोड सेवा केन्द्र बाहेक अन्य सेवा केन्द्रमा आवद्ध अधिकांश सदस्यहरु खाद्यान्न एवं दैनिक उपभोग्य वस्तुको व्यवसायी भएकाले संस्थाको तरलतामा टेवा पुगेको उनको भनाई छ । 

संस्थाले चैत्र २६ गतेयता करिब हजार जना सदस्यलाई सेवा दिइसकेको र बचत तथा बचत फिर्ता सन्तुलनमा रहेको उनले जनाए । संस्थाले असहज परिस्थितिका बीच पनि कर्मचारी खटाई गाडीको व्यवस्थपान गरी घरदैलोमा नै सदस्यलाई बचत ऋणको सुविधा उपलब्ध गराएको समेत उनले जानकारी दिए । 

हाल कृषकले उत्पादन गरेको वस्तु विक्री नभई त्यसै खेर गइरहेको अवस्थालाई मध्यनजर गरी भण्डारण तथा विक्रीवितरण कक्ष शुरु गर्ने भएको छ भने हाललाई काठमाण्डौका ८–१० ठाउँमा डिपार्टमेन्ट स्टोर सञ्चालन गरी ती स्टोरहरुबाट कृषकले उत्पादन गरेका वस्तु विक्री वितरण गर्ने तयारी गरेको छ । 

यसबाट कृषकले उचित मुल्य पाउनुका साथै सर्वसाधारण उपभोक्ताले सहज र सुलभ मुल्यमा कृषि उपज खरिद गर्न पाउने छन् । संस्थामा आवद्ध सदस्यहरुले कुन–कुन व्यवसाय गरिरहेका छन् भनेर अध्ययन  समेत गर्न थालेको रेग्मी बताउँछन् । 

उत्पादनमा लागेका संस्थालाई भन्दा पनि शहरकेन्द्रित र बचतऋणको कारोबार बढी गर्ने संस्थालाई कोरोना महामारीका कारण तरलता व्यवस्थापनमा प्रभाव ज्यादा पर्ने हुँदा फेडरेशनहरुले सहकारीहरुलाई सघाउनु पर्ने रेग्मी बताउँछन् ।

संस्थाले राष्ट्रिय सहकारी महासंघले सुरु गरेको कोरोना नियन्त्रण केन्द्रलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग संस्थाले गरेको थियो । 


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif