Monday, 21 September, 2020    |    २०७७ आश्विन ५ गते , सोमवार

मालबाहक गाडी सेनेटाइज गर्ने ब्यक्ति कोरोनाको उच्च जोखिममा


२०७७ बैशाख १७ गते , बुधवार प्रकाशित

शहबाज खान


कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार नाकाबाट भारतका बिभिन्न प्रदेश र जिल्लाबाट आएका  भारतीय मालवाहक गाडीहरुलाई सेनिटाइज गरी अतिआवश्यक समाग्री हरु भित्र्याउदै गर्दा मालवाहक गाडीका चालक र सहयोगीहरुको भन्सार गेटमै थर्मलगनबाट समान्य शरीरको तापक्रम नापेर नेपाल भित्र पठाइरहेका छन् । 

बिश्व कोरोना भाइरस महामारीको सन्त्रासले आक्रान्त छाइरहेकै छ। कृष्णनगर भन्सार नाकामा भारतीय गाड़ी नेपाल भित्रिदै गर्दा गरिएको नाम मात्रको सेनिटाइजले जोखिम निम्ताएको सहजै देख्न सकिन्छ । यो अत्यन्तै गम्भीर कुरा हो । यसमा कुनै पनि किसिमको लापरबाही र असाबधानी रहनु हुँदैन ।

कोरोनाभाइरस महामारीविरुद्धकोे लडाईंमा सिंगो देश लकडाउनमा छ । सबै नेपाली जनताका दैनिकी प्रभावित भएको छ । कारोबारहरु बन्द छन् । एक महिनादेखि कुनै समूहीक कार्य व भेला गर्न सक्ने अवस्था छैन । देशको सामाजिक, आर्थिक अवस्था दिन प्रतिदिन नाजुक हुँदै गइरहेको छ ।

यस्तो संबेदनशील समयमा  कृष्णनगर भन्सार कार्यालयको गेटमा सेनिटाइज गर्ने व्यक्तिले अपनाएको सुरक्षाका समाग्री हेर्दा सहजै जोखिम निम्ताएको देख्न सकिन्छ ।सेनिटाइज गर्ने व्यक्तिको हात,मुखमा माक्स  मात्रै,लगाएर  शरीर जाँच गर्दा सावधानीका सामाग्री प्रयोग नगरी काम गर्दा ती ब्यक्ति नै जोखिममा रहेको प्रष्टै देखिन्छ ।

त्यसैले यस्तो जोखिमपूर्ण काममा खटाउने सम्बन्धित निकायको यो गम्भीर समस्याको सम्वन्मा  समयमा नै ध्यान जान अति अवश्यक रहेको छ। यो जोखिम सबैतिरका मालबाहक सेनेटाइज गर्ने गर्ने ब्यक्तिहरुको हो । सानो असाबधानी र बेपर्बाह भएर काम गर्दा सबैतिर समस्या आउन सक्तछ । त्यसैले सरोकारवाल निकायका साथै सरकारले यो समस्याको उपचार खोज्नु एकदमै जरुरी छ ।  

फोटो सहयोग 
पत्रकार अजय मिश्र     

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif