Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

सनराइज बैंकमा घरबाटै मुद्दती खाता खोल्न सकिने


२०७७ बैशाख १६ गते , मंगलवार प्रकाशित

 सनराइज बैंकले घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । ग्राहकलाई डिजिटल बैंकिंङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।बैकंले ‘सनराइज मार्ट’ बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको जनाएको छ । उत्त मुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकंले जनाएको छ । संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको रलकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको बेला  बैंकले आफ्नो ग्राहकलाईडिजिटल बैंकिंङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको हो ।


लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप कर्ता ग्राहकहरुले आफ्ना बचत खातामारहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्ने चाहना भए   अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । उत्तमुद्दती निक्षेप खातामा उच्च ब्याज पाइने व्यवस्था गरिएको बैकंले जनाएको छ । अनलाइन मुद्दतीनिक्षेप खातामा८.२५पर्तिशत ब्याजमा ०.५पर्तिशत प्रिमियम ब्याज थप गरी प्रदान गर्ने व्यवस्था गरिएको बैकले जनाएको छ । मुद्दतीको न्यूनतम अवधि ३ महिना रहने छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif