Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

नयाँपाटी साकोसले बाँड्यो राहत, सदस्यलाई सहुलियत ऋण दिने


२०७७ बैशाख १५ गते , सोमवार प्रकाशित

गोकर्णेश्वर नगरपालिका रहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले नगद तथा राहत सामग्री सहयोग गरेको छ । संस्थाले गोकर्णेश्वर नपा वडा नं. २ मा रहेका अति विपन्न तथा दैनिक ज्यालादारी गरेर खाने १५० जनालाई १ लाख २५ हजार बराबरको राहत सामग्री वडा कार्यालयको सहकार्यमा वितरण गरेको संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले जानकारी दिए । 

त्यसैगरी संस्थाको आजै बसेको सञ्चालक समिति बैठकले लकडाउनका कारण गुजरा चलाउन समस्या भएको सदस्यहरुलाई ३ महिनाका लागि २ प्रतिशत व्याजदरमा २० हजार रुपैयासम्म सहुलियत ऋण दिन निर्णय गरेको छ । त्यसैगरी लकडाउन अवधिभर अस्पताल भर्ना भई उपचार गराएका सदस्यहरुलाई पनि ३ महिनाको लागि २ प्रतिशत ब्याजदरमा बढिमा ५० हजारसम्म ऋण दिने अध्यक्ष श्रेष्ठले बताए ।

संस्थाले चैत्र मसान्तसम्म बुझाउनुपर्ने ऋणको किस्ता र व्याज असारमसान्तसम्म बुझाए हुने विलम्ब शुल्क नलिने भएको छ भने असार मसान्त अगावै ऋणी सदस्यले ऋणको किस्ता र व्याज बुझाएमा व्याजमा ५ प्रतिशत छु नदने भएको छ । एटिएम कार्ड लिएका सदस्यहरुले लकडाउन अवधिभर जुनसुकै ठाउँको एटिएम प्रयोग गरेपनि कुनै शुल्क नलाग्ने संस्थाका सहायक व्यवस्थापक शिवभक्त मानन्धरले जानकारी दिए । सदस्यले घरमै बसेर स्मार्ट बैंकिङ प्रयोग गरी विभिन्न सुविधा लिन उनले सुझाए । 

संस्थाका अध्यक्ष विजय कुमार श्रेष्ठले हिन्दु स्वयंसेवकको सहकार्यमा रामजानकी स्कुलमा शुरु भएको मिलिजुली भोजन व्यवस्थापना समितिलाई विपन्न तथा दैनिक ज्यालादारीमा जीवीकोपार्जन गर्ने मानिसहरुलाई खाना वितरण गर्न ५० हजार रुपैया आर्थिक सहयोग समेत गरेका छन् । 


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif