Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

इमानुयल साकोसले दिनको २ घण्टा सेवा दिन थाल्यो


२०७७ बैशाख १४ गते , आईतवार प्रकाशित

काठमाण्डौको इन्द्रचोकमा रहेको इमानुयल बचत तथा ऋण सहकारी संस्थाले आजबाट कार्यालय सञ्चालन गरी सदस्यलाई सेवा दिन शुरु गरेको छ । 

संस्थाले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दुई घण्टा कार्यालय खोली वित्तीय सेवा प्रदान गर्न थालेको व्यवस्थापक गणेश खत्रीले जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि कार्यालयमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको समेत उनले बताए । 

कार्यालयबाट सदस्यहरुलाई निश्चित रकम फिर्ता गरिने व्यवस्था मिलाइएको उनले बताए । संस्थाले अप्ठेरोमा परेका सदस्यहरुलाई घरमा नै गएर समेत सेवा दिने उनले बताए । समस्यामा परेका सदस्यहरुले व्यवस्थापक गणेश खत्रीलाई ९८४८४८७२१९ मा सम्पर्क गर्न सक्नेछन् । 

बागमती प्रदेश सहकारी विभागले कम्तीमा ३ घण्टा कार्यालय खोली सदस्यहरुलाई सेवा दिन निर्देशन दिएसँगै संस्थाहरुले सीमित समय सेवा दिन थालेका हुन् । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif