Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

कृष्णनगर नपा र वडा नं २ द्वारा प्रहरीलाई पिपिइ हस्तान्तरण


२०७७ बैशाख १३ गते , शनिवार प्रकाशित

  शहबाज खान    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका र कृष्णनगर नगरपालिका वडा नं २ को संयुक्त सहयोगमा ३० थान पिपिइ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल लाई हस्तान्तरण गरिएको छ ।   विश्वमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसका कारण पछिल्लो समय देश लकाडाउनमा छ । महामारीको समयमा सेवा प्रदान गर्ने निकायहरूलाई सुरक्षीत राख्न नगरपालिकाले पिपिइ सेट इलाका प्रहरी कार्यालय कृष्णनगरलाइ हस्तान्तरण गरेको हो ।   कृष्णनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष संजय कुमार गुप्ताले उक्त सुरक्षा सामाग्री इ प्र का लाई प्रदान गर्दै आगामी दिनमा समेत आफूहरुबाट हुनसक्ने सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।   सुरक्षा सामाग्री प्रदान गर्ने कृष्णनगर नगरपालिकालाई इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले धन्यवाद व्यक्त गरे ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif