Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

सत्तारुढ दल बिभाजन हुने सन्देह, दल बिभाजन गर्ने अध्यादेश खुकुलो पार्ने प्रस्ताब क्याबिनेटबाट पारित


२०७७ बैशाख ८ गते , सोमवार प्रकाशित


काठमाण्डौँ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ नेकपाभित्र राजनीतिक ध्रुविकरण बढेको  देखिएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठक सकिएलगत्तै पूर्व माओवादीका मन्त्रीहरुको प्रचण्ड निवास खुमलटारमा अलग्गै बैठक बसेको खबर छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्व माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुको त्यहाँ बैठक बसेको थियो ।
    मुलुकामा महामारीको संकटले झण्डै एक महिनादेखि लकडाउन भइरहेको र देशले भाइरस  र भोकसँग लड्नुपर्ने संबेदनशील स्थिति ब्यहोरिइरहनु परेको बेला मन्त्रिपरिषदको यो निर्णयले भित्रभित्रै के खिचडी पाक्दैछ भन्ने प्रश्न उठाएको छ ।


  यसै बीच यसै बिषयलाई लिएर  सत्तारुढ पार्टीको सचिवालयको बैकड तत्कालै हुन लागेको पार्टी सुत्रबाट थहा  भएको । मन्त्रिपरिषदको बैठकले पार्टी बिभाजन हुनसक्ने सकेत दिएको बिश्लेषकहरु औल्याउन थालेका छन् ।
      आज  बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो बनाउन अध्यादेश ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पु‍¥याए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो । हाल राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पु‍¥याउनुपर्ने व्यवस्था रहेको छ ।  

यस सन्दर्भमा दल बिभाजनसम्बन्धि आध्यादेशका बारेमा कानुनी छलफल गर्न सरकारका मूख्य सचिव र कानुन सचिव राष्ट्रपति भवनमा पुगेको बताइएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif