Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

अर्थब्यवस्थाले अपूर्ब धक्का खाने अबस्था : खाना लगायत राहत प्याकेज घोषणा गर


२०७७ बैशाख ३ गते , बुधवार प्रकाशित

बिश्व बैंकले भर्खरै जुन प्रतिबेदन प्रस्तुत गरेको छ त्यसले बिश्वको अर्थब्यवस्था कोरोना भाइरसकले गर्दा अपूर्बरुपमा धक्का खाने, बेरोजगारी, महँगीे र सामाजिक सुरक्षाको स्थिति नाजुक हुने तथा बिश्वले नयाँ किसिमले गम्भीररुपमा सोच्नुपर्ने र नयाँ पुनर्संरचनाका लागि तयार हुनु पर्ने आबश्यकता अगाडि ठिङ्ग उभ्भिएका छन् कुरा दर्शाउँदछ ।

यद्यपि यसमा कुनै आश्चर्य मान्नु पर्ने तत्व भने छैन । किनभने आज कोरोनाले बिश्वको साराका सारा अर्थतन्त्र ठप्प पारेको छ । आर्थिक गतिबिधि शून्य छन्, उत्पादन शून्य छ । करोडौं करोड श्रमजीबीहरु कामबिहीन छन् । अनि सामाजिक गतिबिधिहरु पनि बन्द छन् । सबै स्कूल कलेजहरु, सामाजिक संगठनहरु, सास्कृतिक संगठनका  गतिबिधिहरु पनि बन्द छन् ।

मानसिहरु कि बिमारी भएर अस्पतालमा छन् या मृत्युलाई अंकमाल गर्न बिवश छन् या घरमै सन्त्रासमा बाँचिरहेका छन् । यस्तो अकल्पनीय स्थितिमा बिश्व अर्थतन्त्रमा अपूर्ब स्खलन आउने कुरा सामान्य नै हो । प्रष्ट छ कि  यतिबेला उत्पादन बिनाको उपभोगमा सारा संसार केन्द्रित छ । अर्को कुनै बाटो र बिकल्प पनि छैन । त्यसैले अपृष्य र अदृष्य यो भस्मासुर भाइरसले बिश्वमा जस्तो दृष्य परिदृष्य खडा गरिदिएको छ त्यो बितेका समयका बिश्व युद्धभन्दा पनि खतरा हुने देखिदैछ ।     

यस गम्भीरतम र अत्यन्तै संबेदनशील स्थिति शुरु भइसकेको स्थितिमा एकातिर दैनिक उपभोगका खाद्यान्न लगायतका नभइ नहुने अत्याबश्यक सामाग्री उपलब्ध गराउनु राज्यको पहिलो दायित्व हो । तीन सातादेखि देश लक डाउनमा बसिसकेका नेपाली जनताको सबैभन्दा ठूलो श्रमजीवी हिस्सा न्यून र निश्चित आय बर्गका मजदुर र किसान अत्यन्तै समस्या मा परेका छन् । तिनको चूल्हो जल्न नसक्ने स्थिति आइसकेको छ । यसमा सरकार अन्य सरोकारवालाहरुले तत्कालै ध्यान दिएर राहत प्याकेज घोषणा गरिहाल्नु पर्ने र राहत घरघरमा पुग्नै पर्ने स्थिति छ ।     

अनि कृषि र घरेलु तथा साना उत्पादनका गतिबिधिहरुलाई सुरक्षित तरीकाले सञ्चालन गर्न सकिन्छ त्यस दिशामा बिषय बिशेषज्ञ, नीति निर्माता र सबै तहका सरकारी संयन्त्र तुरुन्तै आजै र अहिलेदेखिनै लागि हाल्नु पर्ने स्थिति छ । राहत र नमिल्ने र भोकभोकै पर्ने स्थिति बिस्फोटक हुँन जादा त्यो  अनपेक्षित र अराजक मोडमा धकेलिन गई सम्हालिनसक्नु हुन सक्तछ र त्यसले लकडाउनको धेय पनि पूरा हुँदैन र  कोरोना फैलिने अझ मलिलो बातावरण सिर्जना हुन सक्ने कुरा  टढ्कारो छ ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif