Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

शहीद देवीलालको सम्झना !


२०७६ चैत्र २५ गते , मंगलवार प्रकाशित

 
मुलुक बिश्वब्यापी महामारी कोभिड–१९ ले आक्रान्त पारिरहेको र त्यसबाट जोगिन मुलुक नै दुइ सातादेखि लक डाउनको स्थितिबाट गुज्रिरहेको बेला आज हामीले शहीद देवीलाललाई सम्झनु परिरहेको छ । शहीद देवीलालले २०५९ साल चैत्र २५ गते बुटबल क्याम्पसमा शहादत प्राप्त गरेका थिए ।

त्यतिबेला निरंकुश राजतन्त्रले एक पछि अर्को प्रतिगामी कदम चाल्दै गएको स्थितिमा त्यसले उत्पन्न गरेका राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक बिकृति र बिसंगति बिरुद्ध जुध्दै र राजतन्त्र बिरुद्धको ब्यापक जनमतलाई सुसंगठित पार्दै संयुक्त आन्दोलनमा अघि बढ्ने क्रममा २०५९ चैत्र २५ गते बुटबल क्याम्पस प्रांगणमा बिद्यार्थी नेता देवीलाल पौडेलले उच्च शहादत प्राप्त गरेका हुन् । वास्तवमा त्यति बेला निरंकुश राजाको प्रतिगामी सरकारले जनताका बिरुद्ध थोपरेको चर्को मूल्य बृद्धि खाशगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धिले चौतर्फीरुपमा पारेको असर बिरुद्ध देशब्यापी संयुक्त बिद्यार्थी आन्दोलन उठ्दै गएको थियो र त्यस क्रममा दुइ घण्टा चक्काजामको कार्यक्रम निर्धारित थियो । त्यसलाई सफल पार्न देवीलाल जस्ता लडाकु बिद्यार्थी योद्धा पछि पर्ने कुरै थिएन । त्यस दिन बुटबल सडकको चौराहमा चक्काजाम पूर्ण सफलताकासाथ टुंग्याएर सम्पूर्ण बिद्यार्थीकासाथ उनी बुटबल क्याम्पस प्रांगणमा फर्किसकेका थिए । तर  तत्कालीन राजाको दमनकारी संयन्त्रले देबीलालमाथि ताकेरै क्याम्पस हाताभित्र  गोली चलाउदा उनी बुटबल क्याम्पस प्रांगणमा ढले । उनको   रगतले क्याम्पस प्रांगण रंगियो र देबीलालले अमरत्व प्राप्त गरे । उनको शहादतल स्वभाबतः आन्दोलन अझ चर्कियो र उच्चाईमा अघि बढ्न थाल्यो ।  

देवीलालले नेपाली जनताको प्रतिगमन बिरोधी आन्दोलनको पहिलो शहीदको उच्च सम्मान पाए । यो र्सबथा स्वाभाविक र सम्पूर्ण नेपाली जन आन्दोलनकारी शक्ति त्यसमा पनि खाशगरी बिद्यार्थी समुदायका लागि साच्चै नै उच्च गर्वानुभूति गर्दै राजतन्त्रका बिरुद्ध गणतन्त्रका निमित्त संघर्षमा अझ सचेत, अझ संगठित, अझ अनुशासित र अझ संघर्षशील भएर अघि बढ्ने प्रेरणा दिने ऐतिहासिक घटना पनि थियो । अनि भयो पनि त्यस्त,ै जन समुदायका बिभिन्न तह र तप्कासहीत बिद्यार्थी समुदाय थप ऊर्जाकासाथ राजतन्त्रका बिरुद्ध संयुक्त आन्दोलनमा अझ सघनतापूर्ब होमियो ।  

अन्ततः देवीलाल जस्तै  सयौं शहीदहरुको बलिदान, त्याग र संघर्षले गर्दा देशमा गणतन्त्रको आरम्भ भयो । २४० बर्षको राजतन्त्र इतिहासको पानामा सीमित हुन गयो । तर आज फेरि इतिहास उसै गरी गलत दिशामा धकेलिदै छ र सात साल र छयालिस साल पछि जसरी सत्ताको गन्दा खेलमा राजनीतिलाई सीमित तुल्याइएको र जनता र राष्ट्रका हित बिरुद्ध अनेक अबाञ्छित खेल,प्रपञ्च र छलछामको गलत बाटोमा धकेलियो र धकेलिदै छ । त्यसले गर्दा राजतन्त्रको समाप्ति पछि  देश र जनताले जसरी सुशासन, सुरक्षा र शान्तिको अपेक्षा गरेका थिए त्यसको बिपरीत संकीर्ण दलीय गुटबन्दी र सत्ताको लुछाचुँडी, अभूतपूर्ब भ्रष्टाचारका एक पछि अर्को श्रृंखला, कमिशनखोरी, माफियागिरीले आदिले जनतामा निराश र हतासयुक्त अन्यौलको स्थितिले निरन्तरता पायो । सुनिश्चित र सुन्दर भबिष्यको कुरै छोडौ जनता दैनिक जीवन गुजारा गर्न पनि अत्यन्तै कठिन भएको छ । कालोबजारी, तस्करी, अभाव र चर्को महंगलीले जनजीवन अस्तब्यस्त बनेको छ । अरु त अरु भूकम्प पीडित जनताले पनि आधारभूत राहत र सुरक्षा नपाएर बिचल्लीको अबस्थाबाट गुज्रिदै आएको स्थिति माथि अहिले बिश्वब्यापी महामारी कोभिड—१९ को सन्त्रासले जनता आक्रान्त भएको बेलामा पनि भ्रष्टाचारको दुगन्र्धले मुलुकलाई छोडेन  ।

यस स्थितिको फाइदा उठाउँदै देशी बिदेशी प्रतिगामी एवं प्रतिकृयावादी शक्ति बिभिन्न कुनावाट गणतन्त्रात्मक लोकतन्त्रमाथि हमला गर्न उद्यत देखिदै आएका छन् । यस स्थितिलाई चिर्न अग्रगामी बिचार, दृष्टिकोण र चिन्तन बोकेका बिद्यार्थी समुदाय लगायत देशका सबै जागरुप बर्ग,समुदाय र देश र जनताप्रति जिम्मेवार राजनीतिक दलहरु आप्mना गल्ती कमजोरीहरुलाई सम्पूर्णरुपले तिलाञ्जली दिई एक ढिक्का भएर  इमानदारीकासाथ अगाडि बढ्नुपर्ने राष्ट्रिय आवश्यकता भए पनि त्यसो हुन सकेको छैन  । वास्तवमा मूल्य मान्यताबिहीन जालझेल र षडयन्त्रयुक्त राजनीतिक प्रबृत्तिले उन्नत राजनीतिक परिवर्तनको कदापि प्रतिनिधित्व गर्न सक्तैन र वस्तुतः यसले यथास्थितिमा अल्मल्याउन  र प्रतिगमनको खिचडी पकाउन नै मद्दत पु¥याउँदछ । यस प्रकारको अबाञ्छित र अस्वीकार्य राजनीतिक मनोबृत्ति र प्रबृत्तिले  देवीलाल लगायत देशका महान शहीदहरु सहादत र नेपाली जनताको संयुक्त जन आन्दोलनकै अपमान गर्दछ । देश र जनतालाई कमजोर र अन्ततः असफल तुल्याउदै अध्यारोमा दिशामा धकेल्न नै योगदान दिन्छ । त्यसैले यस्तो गलत प्रबृत्तिका बिरुद्ध क्रान्तिकारी शक्तिहरुको ऐक्यबद्धता र ध्रुबीकरण फेरि पनि राष्ट्रिय आवश्यकता बन्न जान्छ ।  

अतः आज पनि नेपाली समाजमा अग्रगामी परिवर्तनका सम्वाहक सबै तह र तप्काका जन समुदायले शहीद देबीलालले जस्तै नेपाली समाजको आमूल र अग्रगामी परिवर्तनका निमित्त अध्ययनशील, लगनशील र संघर्षशील तथा सिद्धान्तनिष्ठ, इमानदार र नैतिक आचरणयुक्त भएर अघि बढ्ने सही र  क्रान्तिकारी बाटो प्रकिनै पर्दछ । त्यसका लागि सबै प्रकारका प्रतिकृयावादी, अबसरवादी तथा बिचलनकारी चिन्तन, चरित्र र ब्यवहारका बिरुद्ध अबिराम संघर्ष गर्दै  नेपाली जनता र राष्ट्रको हितको रक्षा र तिनको शतत सेवा गर्ने उच्च भावना र जोश जाँगरकासाथ लाग्ने प्रण गर्नु पर्दछ । वास्तवमा आज क्रान्तिकारी आन्दोलनलाई सिद्धान्तच्यूत तुल्याएर उपभोक्ताबादको दुष्चक्रमा फँसाउने जुन मिहीन षडयन्त्र चलाइएको छ त्यसलाई चिरेर अघि बढ्ने सशक्त यूवा–बिद्यार्थी शक्तिको निर्माण गर्नु आवश्यक छ । यसो गर्न सकेमा मात्र वास्तवमा नेपाली शोषित पीडित जनताको मुक्तिको मार्गदर्शन गर्ने महान् नेता क.पुष्पलालका अनुयायी देबीलाल जस्ता बीर अमर शहीदहरुको उच्च सम्मान हुन सक्तछ । शहीद देबीलालअमर रहुन् !  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif