Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त


२०७६ चैत्र २४ गते , सोमवार प्रकाशित

नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी पाँच बर्षका लागि अधिकारीलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। 

अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले आगामी गभर्नरका लागि सोमबार नै तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिसमा बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, अधिकारी र पुर्व सचिव केशव भट्टराई परेका थिए। अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए। उनले प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर राणासँग सपथ लिएर कार्यभार सम्हाल्ने छन्। यस अघिका गभर्नर चिरञ्जीवी नेपाल पाँच बर्षे कार्यकाल पुरा गरेर गत चैत्र ५ गते अवकाश भइसकेका छन्। 

अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेसन’ मा सन् १९८९ मा स्नातक गरेका छन् भने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका छन्। अधिकारी सन् २०१० को डिसेम्बरमा नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त भएका थिए। त्यहाँ पाँच बर्ष काम गरेर अवकाश भएपछि लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। उनीसँग ३० बर्ष राष्ट्र बैंकमा काम गरेको अनुभव छ। त्यसबेला उनले केन्द्रीय बैंकको विभिन्न विभागमा बसेर काम गरेका थिए। उनले वित्तीय ब्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरेको अनुभव छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif