Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

सरकारले बढायो लकडाउनको अवधि, बैशाख ३ गतेसम्म निरन्तरता


२०७६ चैत्र २४ गते , सोमवार प्रकाशित

काठमाण्डौ । आज बसेको मन्त्रिपरिषदको बैठकले बिगत दुइ सातादेखि चल्दै आएको लक डाउनलाई निरन्तरता दिदै आगामी २०७७ साल बैशाख ३ गतेसम्म पुनः अर्को तेश्रो लक डाउन  थप गर्ने निर्णय लिएको छ ।

बिश्वब्यापी महामारी कोभिड–१९ को बिरुद्ध यसलाई फैलिन नदिन र नियन्त्रण गर्न सरकारले यो भन्दा पहिला गत चैत्र ११ गतेदेखि १८ गतेसम्म पहिलो  र दोश्रो लक डाउन यही चैत्र २५ गतेसम्मका लागि गरेको थियो । त्यसको म्याद भोली सकिने हुदा अझै एक सातासम्म यो लक डाउन थप गर्ने सरकारले निर्णय गरेको छ ।


   
नेपालमा कोरोना भाइरसको संक्रमण दोश्रो चरणमा प्रवेश गरिसकेको परिप्रेक्ष र भारतमा समेत तीन साताको लकडाउन भइरहेको सन्दर्भमा लक डाउन बढ्ने सम्भावना भइरहेको थियो ।

लकडाउनमा जनताले घरभित्रै बस्नुपर्ने हुँदा आबश्यक दैनिक नभइ नहुने खाद्यान्न लगायत दैनिक उपभोगका अत्याबश्यक सामान, औषधोपचार र इन्धनको ब्यबस्थापन गर्नुपर्ने हुन्छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif