Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

भारतीय प्रमको आह्वानमा कपिलबस्तुमा पनि दीप प्रज्वलन


२०७६ चैत्र २४ गते , सोमवार प्रकाशित

  कोरोना भाईरस को बिश्वव्यापी संक्रमण फैलिरहेको वर्तमान आस्थामा आज कपिलवस्तुमा दिप प्रज्वलन भएको छ। कोरोना भाइरस विरुद्धमा आज कपिलवस्तुवाशीले दिप प्रज्वलन गरेको पाइएको छ । भारतीय प्रधानमंत्री नरेन्द्र मोदी को आव्हानमा भारतमा मात्र नभई यसरी  नेपालमा पनि दिप प्रज्वलन भएको छ।
  गएको मार्च ३ तारीख उनले गरेको आव्हानमा हिजो जिल्लाको विभिन्न स्थानमा खाशगरी कृष्णनगरको भिल्मी ,कृष्णनगर ,बहादुरगंज लगायत स्थानमा  राति ९.१५ बजे( भारतीय समय राति ९ बजे) घरको सबै लाइट बन्द गÞरी घरको बहिर र  बालकनीमा ९ मिनेटसम्म दीप, मोमबत्ती, मोबाइल े फ्ल्यास लाइट, टार्च जलाई कोरोना भाइरस बिरुद्ध एकताको सन्देश दिदै र यस महामारीको बिरुद्ध लडिरहेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेबी लगायतलाई धन्यबाद दिदै यस भराइको आन्तका लागि प्राथना समेत गरेको बताइएको छ। 

  कोरोना को त्रासले भारतमा २१ दिनको लामो लकककडाउन रहेको छ भने हाम्रो नेपालमा पनि सरकारले कोरोनाबाट जोगउन को लागि चैत २५ गते सम्म लकडाउन गरेको छ। लकडाउनको समयमा घरमा बसेर आफुलाई एक्लै ठान्नेलाई कोरोना बिरुद्धको युद्धमा दीप, मोमबत्ती, मोबाइल को फ्ला‘स लाइट र टार्च जलाई हामी सबै एक साथ छौ भने सन्देश दिन खोजेको स्थानीय धीरेन्द्र गुप्ताले बताए।     धार्मिक अगुवाका अनुसार दीप प्रज्वलनको बर्णान शास्त्रमा पनि रहेको छ।

  “दीपं ज्योति परम् ज्योति, दीप ज्योतिर्जनार्दनः  दीपो हरतु मे पापम् , दीपज्योतिर्नमोस्तुते।’’ “शुभम् करोति कल्याणम् आरोग्यम् धन सम्पदा शत्रुबुद्धि विनाशाय दीपज्योति नमोस्तुते।।’’   अर्थात् दीप शुभ र मंगलको कारक हो,कल्याण को कारक हो। दीप जलाउनाले रोग मुक्त हुन्छ, वातावरण स्वच्छ हुन्छ र हवा साफा हुन्छ भने कुरा शास्त्रमा उल्लेख रहेको धार्मिक जानकारहरु बताउछन्। 
    भारतको यो दीप प्रज्वलन भाजपाको स्थापना दिवस सन्दर्भ पारेर त्यसको पूर्ब सन्ध्यामा गरिएको भन्ने बिवाद पनि खडा भएको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif