Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

दुई दिनदेखि बजार निस्किएकाहरु नियन्त्रणमा


२०७६ चैत्र २४ गते , सोमवार प्रकाशित

  सीताराम थापा

  सरकारले लकडाउनलाई कडाई गर्ने निर्णय लिएपछि लकडाउनको १४औ दिनबाट कडाई शुरु भएको छ। निर्णय गरेको भोलिपल्ट आइतबार बिहानै बजारमा निस्किएका ४० जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले  नियन्त्रणमा लिएको हो । दिउसो पनि प्रहरीले नियन्त्रणमा लिनु परेको थियो। यसैगरी हिजो सोमबार पनि बिहानमै २० जना लाई प्रहरीले  नियन्त्रणमा लिएका थियो । कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन कार्यान्वयनमा कडाई थालेको प्रहरीले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कने नीति लिदै नीति विपरीत बजारमा हिडडुल गर्नेलाई नियन्त्रणमा लिन थालेको बताइएको छ ।
    नीति विपरित बजारमा हिँडिरहेकालाई नियन्त्रणमा लिईएकोहरु लाई केही घण्टा नियन्त्रणमा राखेर वा चौरमा उभ्याएर चेतावनी दिई  छोडिएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ।   अति आवश्यक पर्ने ‘दूध, पानी, तरकारी, औषधि जस्ता अत्यावश्यक सामग्री खरिदका लागि भने जानकारी दिएर जान दिइने बताइएको  छ । बागलुङका प्रहरी निरिक्षक रिजालले भने ‘एकदिन किन्दा चार दिनको सामान किन्न जानकारी दियकै हो।’ कोरोनाको महामारी फैलिन नदिनको लागि लकडाउनको कार्यान्वयनमा उच्च सतर्कता अपनाइएको श्रोतको दाबी छ ।   प्रहरीले लकडाउन अबधिभर उलंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र कडाईका साथ निरन्तरता दिने बताईएको छ । कतिपयले अनुशासन तोड्ने देखियो तर अति आवश्यक  काममा निस्केका भने नियन्त्रणमा पर्नु नहुने सरोकारवालाले बताएका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif