Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

कामना सेवा विकास बैंकद्वारा गुगौलीका आगलागी पीडितलाई राहत वितरण


२०७६ चैत्र २४ गते , सोमवार प्रकाशित

शहबाज खान


–विजयनगर कपिलवस्तुको कामना सेवा विकास बैंक चन्द्रौटा शाखा लिमिटेडले अग्नि पीडितलाई राहत स्वरुप सिरक, डस्ना, सिरानी, ओछ्याउने, च्यादर लगायतका दैनिक प्रयोगमा आउने सामग्रीहरु प्रदान गरेको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नंं. १ गुगौली स्थित आगलागीबाट पीडित २५ घर परिवारलाई राहत स्वरुप बैंकले लत्ताकपडा वितरण गरेको छ । 
    यही चैत २१ गते भिषण आगलागीबाट २५ घर जली नगद, लत्ता कपडा, भाँडाकुडासहित सम्पूर्ण सामानहरु नष्ट भएका थिए । बैंकका बुटवल क्लष्टर प्रमुख खिमलाल भुसालले उक्त राहत सामग्री वितरण गरेको कामना सेवा विकास बैंक चन्द्रौटा लिमिटेडका शाखाका प्रमुख यज्ञमुर्ति लुईटेल(अनिष)ले जानकारी दिएका हुन्  ।    यस्तै बैंकले नोबेल कोरोनाभाइरस (कोभिड–१९)को जोखिमसँगै सरकारले गरेको लकडाउनका कारण दैनिक खानपानमा समस्या भएका मानव सेवा आश्रम बुटबलमा आश्रित १३० जना सडक बालबालिका तथा असहाय व्यक्तिहरुलाई सहयोग गरेको पनि भुषालले जानकारी दिए ।   यसै गरी लकडाउनको कारण दैनिक ज्यालामजदुरी गर्ने परिवार तथा न्यून आय भएका व्यक्तिहरुलाई समेत जीविको पार्जनको लागि निकै गाह्रो भएकोले उनीहरुलाई राहत प्रदान गर्नको लागि बुटवल उप–महानगरपालिका वडा नंं. ७ का अध्यक्ष कमल थापा मार्फत खाद्यान्न सामाग्री पनि हस्तान्तरण गरिएको थियो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif