Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

भयावह कोभिड—१९ भाइरसले दिएको सन्देश र आजको बिश्वको भबिष्य


२०७६ चैत्र २३ गते , आईतवार प्रकाशित

     कोरोना भाइरसको माहामारी अझै चरम उत्कर्षमा पुगिसकेको छैन भन्ने यसको अध्ययन गरिरहेका  ज्ञाताहरुले औंल्याइरहेका छन् । यद्यपि यसले बिश्वका २०४ देश र क्षेत्रहरुलाई आफ्नो पकडमा लिइसकेको छ र बिश्वभरी नै भयंकर ठूलो भयावह मृत्युको सन्त्रास फैलाइरहेको छ । यो भस्मासुर भाइरसले सारा संसालाई निल्ने जस्तो गरेर यो फैलिरहेको छ ।

      तर बिश्वका रक्षा ताथ कूटनीतिक बिशेषहज्ञहरुले भने यो बिश्लेषण शुरु गरिसकेका छन् कि यो कोरोना भाइरसको महामारीको पछिको संसार कस्तो हुने हो ? खाशगरी पश्चिमा देशहरुका अनुसन्धान संस्थानहरु, थिंकट्याङ्कहरु र बिश्वबिद्यालयहरु मा कोरोनाका साथै जलबायु परिबर्तन जस्ता ठूलो खतराका तत्कालीन र दूरगामी परिणामहमाथि अहिलेदेखि नै गहन चिन्तन शुरु हुन थालेको देखिन्छ ।

     यस सन्दर्भमा ती बिशेषज्ञरु के मान्यता देखिन्छ भने पहिलाको समुद्ररुपी बिश्वमा करीब २०० देश बेग्ला बेग्लै नाउकोरुपमा बिचरण गर्ने गर्दथे । तर आजको संसारमा यी सबै देशहरु एउटै जलयानको बेग्ला बेग्लै क्याबिनकोरुपमा छन् र बिचरण गर्दछन् । ती हरेक क्याबिनको चिन्ता र चासो लिने तथा तिनको ब्यवस्थापन गर्ने मानिसहरु छन् । तर यो सिङ्गो जहाजको चिन्ता गर्ने कुनै क्याप्टेन भने छैन ।




   अहिलेको कोरोना महामारीको सम्बन्धमा यो बिश्लेषण सही साबित हुदैछ । झण्डै एकसय जति दिन पहिला जब चीनको वूहानमा यो संक्रमणकारी भाइरसको पहिला ममिला प्रकटभएको थियो त्यसबेला पूरै संसारमा खतराको घण्टी बच्ज थाल्नु पर्ने थियो भलै यो महामारीको उपचार गर्ने खोप बिकास हुन नपाएको नै किन नहोस् तर पनि अन्य देशहरुले कमसेकम रोकथामको उपाय गरेर जनहानीलाई निकै सीमित त अबश्य तुल्याउन सक्ने थिए । यद्यपि यो संक्रमण चीनबाट पूर्ब एशियादेखि यूरोप र यूरोपदेखि  जब अमेरिकासम्म पुग्यो तब मात्र यसको बिकराल बिश्व महामारीको अनुमान भयो । त्यतिबेलासम्म धेरै अबेर भइसकेको थियो ।

  फलतः आज बिश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका र त्यहाँको सबैभन्दा समर्थबान राज्य न्यूयोर्क यस महामारीको सामु नराम्रोसँग लाचार  जस्तै बनिरहेको छ । न्यू योर्कका गर्भनरले त यो कुरा उदाङ्ग पारिदिएका छन् कि यतिबेला त्यहाँ मुखमा लगाउन मास्क र चिकित्सहरुका लागि  गाउन जस्ता अति आबश्यक सुरक्षा परिधानहरु पनि छैनन् । अनि  स्वास्थ्य सुरक्षाका सामानका लागि अमेरिकाले चीनको मुख तारिकरहनु पनरेको छ । स्थिति यस्तोसम्म बनेको छ कि अमेरिका अलग अलग राज्यहरु चीनसँग यस्ता सुरक्षा सामाग्री लिनका लागि अहिले होड नै चलाइरहेका देखिन्छन् । जसले गर्दा ती समाग्रीको दाम पनि हेर्दा हेर्दै दश गुणा बढ्न पुगेको छ ।



      बिशेषज्ञहरुका अनुसार यस महामारीले अमेरिका लगायत बिश्वका बिभिन्न देशहरुलाई यो सन्देश दिएको छ कि भयंकर ठूलो रक्षा बजेट, संसारका बिभिन्न भागमा सैनिक अखडा, आधुनिकतम् मिसाईलहरु,परमाणु हतियार तथा अन्य देशहरुमा सैनिक हस्तक्षेपबाट कुनै पनि देशहरुको भबिष्य सुरक्षित रहन या हुन सक्तैन । अमेरिकासँग यी सबै कुरा छन् तर फेरि पनि अमेरिकाको अर्थब्यस्था र सामाजिक जीवन लड्खडाउन थालेको छ । यद्यपि अमेरिका मात्र होइन, बिश्वमा बिभिन्न देशहरुमा युद्ध जस्तो परिस्थिति, युद्धकालका जस्ता शब्दाबलीहरु सरकार वा राष्ट्र प्रमुखहरुबाट आज प्रयोग गरिदैछ ।

       तर यो युद्ध एउटा अदृष्य शत्रुका बिरुद्ध छ, जसलाई बमहरु, ट्यांकहरु र मिसाईलहरुबाट हराउन सकिदैन । मानब कल्याणमा केन्द्रित र समर्पित चिकित्सा जस्तो पेशासँग जोडिएका चिकित्साकर्मी नै आजका वास्तविक योद्धा र जनरल हुन् । औषधी र चिकित्सा उपकरण नै बिजय हासिल गर्न आबश्यक र आधारभूत उपकरण हुन् । बिश्वका नेताहरुलाई यो कुरा सोच्न बिवश हुनु पर्ने छ कि एक अर्कामा भर परेको बिश्वमा बास्तबिक चूनौति र खतरा कुनै अन्य देशबाट होइन त्यस बिपरीत कोरोना जस्ता महामारी र जलवायु परिबर्तनबाट छ । कोरोना आगामी दिनमा आउने जलवायु परिवर्तनको ट्रेलर मात्र हो भन्ने पनि बिज्ञहरुले औंल्याइरहेका छन् । के अत्याबश्यक छ भने कोरोनाको मार बिश्वका बिकसित र सम्पन्न देशहरुमा आज सबैभन्दा बढी परेको छ जबकि जलवायु परिवर्तनबाट अत्याधिक नोक्सानी गरीब देशहरुलाई हुने बिज्ञहरुको आकलन छ ।


      अर्कोतिर यो मानिसबाट मानिसमा सर्ने  अत्यन्तै डरलाग्दो संक्रमणकारी भाइरस भएकोले स्वास्थ्य बिज्ञहरुको चेतावनी र बचाउको सही सन्देशको बिपरीत त्यसलाई बेवास्ता गरेर भारतको राजधानी नयाँ दिल्लीमा निजामुद्दिनमा मुस्लिम धार्मिक सभामा जम्मा भएमा मानिसहरु संक्रमित भए र यो संक्रमण तिनबाट अरुलाई संक्रमण फैलाएको कुराले पनि यतिबेला ठूलो सन्त्रास फैलाएको छ । ती मुस्लिम धर्मगुरुहले उचित चिकित्साको सट्टा अल्लाहको भरोसा गर्न उपदेश दिदै हिडेका थिए । नेपालका एकजना ईसाई धमाबम्बीले पनि इशुले कोरोनाबाट बचाउने उपदेश दिदै हिडे पछि कारबाहीका परेका थिए । हिन्दू धर्मका मर्मज्ञ ठान्नेहरुले पनि अरु धर्मलाई होच्याएर यो धर्म मानेको भए रोग लाग्ने थिएन भनेर बैमनस्यतालाई पुट दिन खोजेको देखिन्छ । यसरी धार्मिक बैमनस्यताको माहोल खडा गरेर र ढोल पिटेर  एक अर्कालाई दोषी ठहराउने शिलसिलाले कोरोना रोक्ने काम गर्दैनथ्यो र गरेन नै ।कोरोना प्रकोपको बिश्वब्यापी स्थितिले के कुरा स्पष्ट भइसकेको र भइरहेको छ भने मध्ययुगीन र संकीर्ण मानसिकताबाट २१औं शताब्दीका समस्या र चूनौतिहरु समाधान हुन सक्तैनन् ।


      कोरोनाको बिश्वका नेतृत्वलाई यही  शिक्षा दिएको छ कि उनीहरुले बिश्वको भावी खतरालाई बुझुन् र त्यसको सही किसिमले सामना गर्न मानब र प्रकृति मैत्री रणनीति अपनाउन् ! असल र बिश्व मानबलाई पररस्परमा जोड्ने र समानता,मित्रता र एकताको प्रबद्र्धन गर्ने कुरालाई जोड दिउन् ! ‘बसुधैब कुटुम्बकम्’ साझा बाटो नै बिश्वको भबिष्यको मूलबाटो हुने र हुनु पर्दछ । त्यसको निमित्त बिश्वमा उपयुक्त अर्थरा–जनीतिक एबं सामाजिक–साँस्कृतिक परिवेश र आधार निर्माण गर्नु नै आजको केन्द्रय र सर्बोपरी कुरा हो ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif