Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

लामो बिमारी पछि प्रकाशलाई अन्ततः निभायो क्यान्सरले !


२०७६ चैत्र २३ गते , आईतवार प्रकाशित

तत्कालीन नेपाल प्रगतिशील बिद्यार्थी यूनियन इलाामका पूर्ब नेता, इलाम क्याम्पसमा त्यस बिद्यार्थी संगठन इकाईका अध्यक्ष तथा सिन्धुलीमा भएको बिद्यार्थी संगठनको छैठौ राष्ट्रिय सम्मेलनद्वारा केन्द्रिय समितिमा निर्बाचित केन्द्रिय सदस्य एबं नेपाल कम्युनिष्ट पार्टी इलामका सदस्य रहेका कमरेड प्रकाश गडतौलाको मस्तिष्क क्यान्सरको रोगले गर्दा यही चैत्र २३ गते बिहान अल्पायुमै असामयिक निधन भएको छ । उनी केवल ३८ बर्षको युबक थिए । उनकी श्रीमती तथा दुइ साना छोरीहरु छन् । उनको ०६२÷६३ आन्दोलनमा बिद्यार्थी यूिनयनको तर्फबाट सक्रिय योगदान रहेको थियो । 


  आर्थिक अबस्थाले गर्दा केही बर्ष बैदेशिका रोजगारीमा  काम गरेका प्रकाश  दुइ बर्ष अघिदेखि मस्तिष्क क्यान्सरले च्यापेर बिमारी अबस्थामा रहेका थिए । उनलाई क्यान्सरले निकै पहिले नै समाति सकेको रहेछ । पहिला उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भयो । त्यहाँ मात्र नभएर उनले पछिल्लो पटक ललितपुरको हरिसिद्धि स्थित क्यान्सार अस्पतालमा पनि लामो समयसम्म उपचार गराएका थिए । घर परिवार र आफन्तहरुको शुभ कामना र निरन्तर सहयोग सहानुभूति रहँदा रहँदै पनि उनको जीवन बचाउन सम्भव भएन । केही महिनादेखि उनी बिचेत अबस्थामा रहेका थिए ।    उनका परिवारमा उनकी श्रीमती, साना छोरीहरु अनि  माता पिता, काका, काकी, दाजु भाउजु, भतिजा भतिजीहरु र दिदी भिनाजु रहेका छन् । उनी आफनो परिवारको कान्छो छोरा थिए । अब उनी केवल स्थितिमा मात्र रहन पुगे । दिबंगत  प्रकाशप्रति हार्दिक शब्द श्रद्धाञ्जली ! अनि शोकाकुल परिवार, आपन्तजन एबं मित्रहरुमा गहिरो समबेदना ! अलबिदा प्रकाश !!!  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif