Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

कोरोना भाइरसबाट बच्न बैशाख २० सम्म लकडाउन गर्नुपर्छ


२०७६ चैत्र २१ गते , शुक्रवार प्रकाशित


डा.पुष्पकमल सुवेदी

सन्दर्भ

      कोरोना भाइरसको संक्रमणले सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा ठूलो असर पारेको हुन्छ र यस्तो परिणामहरुको बारेमा भिन्नै विश्लेषण गरिने छ । यस लेखमा तथ्याङ्कीयरुपमा कसरी कोरोना भाइरसले विश्वभरिको कूल जनसंख्यामा असर पारेको छ भनेर देखाईनेछ । भलै यति सानो संख्याको मृत्युले कसरी जनसंख्याको वनावटमा असन्तुलन पारेको छ भनेर व्याख्या गर्न अलि छिटो हुनेछ यसका साथै लकडाउनको निरन्तरता केही समय बढाउनको लागि केही आधारहरु दिइनेछ ।

    निम्न आय भएका मुलुकहरुको तुलनामा ६०० भन्दा बढी प्रतिशतले आर्थिकरुपले सम्पन्न राष्ट्रका जनतालाई कोरोना भाइरसको संक्रमणले आक्रान्त बनाईराखेको छ, जहा स्वास्थ्य संरचना व्यवस्थित छ । विशेष गरेर यो लेखमा कोरोनाको संक्रमण र जनसंख्याको वनावटमा पाइएको असरको छोटो चर्चा गर्न worldometers.info/coronavirus/ र ourworldindata.org/coronavirus  बाट प्राप्त तथ्याङ्कलाई आधार बनाएको छ । यस लेखमा सम्पूर्ण देशहरुलाई बिश्व बैकले आयको आधारमा गरेको ४ प्रकारको वर्गिकरण (https://datahelpdesk.worldbank.org/knowledgebase/articles/906519#High_income) मा राखेर दुवै जनसंख्या वितरण र कोरोना भाइरस संक्रमणको विश्लेषण गर्ने प्रयास गरिएको छ 

 
जुन यस प्रकार छः


निम्न आय भएका राष्ट्रहरु (युएस डलर १,०२५ वा कम): ३१ कम मध्यम आय भएका राष्ट्रहरु (युएस डलर १,०२६ देखि ३,९९५ सम्म): ४७ उच्च मध्यम आय भएका राष्ट्रहरु (युएस डलर ३,९९६ देखि १२,३७५ सम्म): ६० उच्च आय भएका राष्ट्रहरु (युएस डलर १२,३७६ र सो भन्दा माथि): ८० कूल विश्व जनसंख्यालाई कोरनाको संक्रमणको आधारमा व्याख्या गर्नु अगाडी विश्व जनसंख्यालाई छोटकरीमा प्रस्तुत गर्ने जमर्को गरिएको छ

Population Reference Bureau को तथ्याङ्क अनुसार सन् २०१९ को मध्ये सम्ममा ७,८८ (१० लाखमा) वा लगभग ७.७ विलियन पुगेको छ (हेर्नुहोस
https://www.prb.org/WORLDPOPDATA/)। २०७६ साल १९ गते (अप्रिल २०२०) विहान वजे सम्मको तथ्याङ्कमा आधारित भएर विश्व जनसंख्यालाई कोरना संक्रमणसंग दाजेर तलको तालिकामा विश्लेषण गरिएको छ :

आयमा आधारित वर्गिकरण % (जनसंख्या १० लाखमा) जम्मा केसहरु नया केसहरु कूल मृत्यु नया मृत्यु स्वस्थ्य भएका सकृय केसहरु गंभिर केसहरु
निम्न आय भएका राष्ट्रहरु ९.४ (७२४) ०.१३ ०.१९ ०.१० ०.१० ०.०४ ०.१५ ०.०२
कम मध्यम आय भएका राष्ट्रहरु ४०.१ (३,०८२) . २.६२ १.१६ १.२७ ०.५५ २.०४ ०.४६
उच्च मध्यम आय भएका राष्ट्रहरु ३४.७ (२,६६९) १८. ३२. १५.०२ ७.०४ ४५. ११.०८ १७.३०
उच्च आय भएका राष्ट्रहरु १५.८ (१,२१३) ७९.६ ८४.८७ ८३.७२ ९१.५९ ५३.५७ ८६.७३ ८२.२२
जम्मा केसहरु ७,६८८ १,०१२,४८० ७७,२८१ ,२९३ ५,७४० २१२,०१५ ७४५,५३३ ७,६९८

प्रत्येक ५ मा २ व्यक्तिहरु (४०.१ प्रतिशत) कम मध्यम आय भएका देशहरुमा वसोवास गर्दछन् । त्यस्तै औसतमा लगभग प्रत्येक १० जनामा एक व्यक्ति (९.४ प्रतिशत) न्युन आय भएको मुलुकहरुमा गणना गरिएको छ । कूल केसहरुको विश्लेषण गर्दा प्रत्येक १०० जनामा ८० जना (७९.६२ प्रतिशत) उच्च आय भएका देशहरुमा कोरना संक्रमित पाईएको छ भने प्रत्येक मा एक जना (२०.२५ प्रतिशत) मध्यम आय भएका राष्ट्रहरुमा कोरनाबाट संक्रमित छन् र सवै भन्दा कम १२९२ जना (०.१३ प्रतिशत) निम्न आय भएका राष्ट्रहरुमा कोरनाका विरामीहरु पाईएको छ । दुई तिहाई भन्दा बढी संक्रमण, मृत्यु र संभावित मृत्युहुनेहरुको संख्या उच्च आय भएका राष्ट्रहरुमा देखिएको छ । तुलनात्मकरुपमा निम्न आय भएका राष्ट्रहरुमा संक्रमण अति न्युन छ ।

हालसम्मको 
कोरोना भाइरसको संक्रमणको कारण आधालाख भन्दा बढी (५२,२९३) व्यक्तिहरुले मृत्युवरण पाईसकेका छन् ।  मृत्युको कारणबाट विश्व जनसंख्याको वनावटमा हालसम्म कुनै असन्तुलन ल्याएको छैन । कोरनाको कारणबाट हुने मृत्युदर   जनवरी २९, २०२० मा विश्व स्वास्थ्य संगठनले कोरनाको कारणबाट हुने मृत्युदर २ प्रतिशत जनाएको थियो । तर मार्च ३, २०२० मा विश्व स्वास्थ्य संगठन अनुसार, विश्वव्यापीरुपमा यसको मृत्युदर ३.४ प्रतिशत छ जुन मौसमी रुघाखोकी हुने १ प्रतिशत भन्दा कमको मृत्युदर भन्दा धेरै उच्च देखिन्छ । लि‌ङ्ग अनुसार महिलाको (१.७ प्रतिशत) तुलनामा पुरुषको (२.८ प्रतिशत) मृत्युदर बढी पाईएको छ । Chinese Center for Disease Control and Prevention (as of February 17, 2020), Spanish Ministry of Health (as of March 24, 2020), Korea Centers for Disease Control and Prevention (as of March 24, 2020)Italian National Institute of Health (as of March 17, 2020) ले रिपोर्ट गरे अनुसार निम्नलिखित उमेरगत मृत्यु भएको पाइएको छ 

उमेरगत वर्गिकरण मृत्युदर (%)
  दक्षिण कोरिया स्पेन चिन ईटाली
०-९ ०.० ०.० ०.० ०.०
१०-१९ ०.० ०.० ०.२ ०.०
२०-२९ ०.२ ०.२२ ०.२ ०.०
३०-३९ ०.११ ०.१४ ०.२ ०.३
४०-४९ ०.०८ ०.३ ०.४ ०.४
५०-५९ ०.५ ०.४ १.३ १.०
६०-६९ १.८ १.९ ३.६ ३.५
७०-७९ ६.३ ४.८ ८.० १२.८
८० बर्ष र सो भन्दा माथि १३.० १५.६ १४.८ २०.२

उमेरको बृद्धि संगै मृत्यु पनि बढेको देखिन्छ । इटालीमा एक तिहाई भन्दा बढी (३६.५ प्रतिशत) ६० बर्ष र सो भन्दा माथिका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । सोही उमेरका २१.१ प्रतिशत कोरियामा, २२.३ प्रतिशत स्पेनमा र २६.४ प्रतिशत चिनमा मृत्यु भएका छन् । कोरोना भाइरसले निम्नलिखित दिर्घकालिन रोगीहरुलाई मृत्युको मुखमा पुराउने संभावना  अध्ययनले देखाएको छ ।

दिर्घकालिन रोगको नाम मृत्युदर (%)
ह्दय रोग १०.५
डाइवेटिज ७.३
दिर्घकालिन श्वास प्रश्वास रोग ६.३
उच्च रक्तचाप ६.०
क्यान्सर ५.६
कुनै रोग नभएको ०.९

कुनै रोग नभएका व्यक्तिहरुको तुलनामा बहु रोगहरु जस्तै
ह्दय रोग, चिनि रोग, श्वास प्रश्वास रोग, उच्च रक्तचापक्यान्सर बाट ग्रसित विरामीहरुलाई कोरोना भाइरसबाट मृत्यु हुने संभावना बढी पाएको छ । सबै भन्दा बढी हरेक १० जना ह्दय रोगका बिरामीहरु मध्ये कम्तिमा १ जना (१०.५ प्रतिशत) को कोरोना भाइरसको कारणबाट मृत्यु भएको देखिन्छ ।

मार्च २९ र ३० मा कोरोना भाइरसका संक्रमित केसहरु अघिल्लो दिनहरुको तुलनामा घटेको पाईएता पनि मार्च ३१ र अप्रिल १ मा पुन: बढेको देखिन्छ । मार्च महिनमा मात्र हेर्ने हो भने मार्च १ मा १९८१ कोरना संक्रमित रेकर्ड गरिएको थियो भने मार्च ३१ मा ७३,६२० देखिएको छ र एक महिनमा ३६१६ प्रतिशतले बृद्धि भएको छ ।

नेपालको अवस्था

हालसम्म नेपालमा ६ जनालाई कोरोना भाइरसबाट संक्रमित भएको पान्छ । २०७६ साल माघ ९ गते (जनवरी २३, २०२०) मा पहिलो केस पत्ता लगाएको हो । दोश्रो केश दुई महिना पछाडी २०७६ साल चैत्र १० गते (मार्च २३, २०२०), तेश्रो केस २०७६ साल चैत्र १२ गते (मार्च २५, २०२०), चौथो केस २०७६ साल चैत्र १४ गते (मार्च २७, २०२०),पाचौ केस २०७६ साल चैत्र १५ गते (मार्च २८, २०२०) र छैटौ केस २०७६ साल चैत्र २० गते (अप्रिल , २०२०) पहिचान भएको छ

२०७७ साल बैसाख २० गते सम्म लकडाउन निरन्तर गर्ने आधारहरु

सम्पूर्ण जनसंख्यालाई कोरोना भाइरसको संक्रमणबाट बचाउन राज्यबाट अपनाएको विधि लकडाउन हो । लकडाउन गर्ने  निम्न तथ्याङ्कलाई आधार बनाइनु पर्दछ । एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेपछि त्यसको लक्षण देखिन ० देखि २७ दिन सम्म लाग्दो रहेछ भन्ने प्रमाण चिन तथा संयुक्त अधिराज्य अमेरिकामा भएको अध्ययनहरुले जनाएको छ । साधरणतया २-१४ दिन नोवेल कोरोना भाइस (COVID-19) को लागि हाललाई आधिकारिक अनुमानित इन्क्युबेशन अवधि मानिएको छ  भलै WHO ले जनवरी २२, २०२० मा गरेको रिपोर्ट अनुसार २ देखि १० दिनको इन्क्युबेशन अवधि हुन्छ । इन्क्युबेशन अवधि बिरामीहरु बीच धेरै फरक देखिएको छ ।

निम्नलिखित अपवादहरु रिपोर्ट भएको पाईएको छ 
  • फेब्रुअरी ९, २०२० मा गरेको क्लिनिकल अध्ययनको आधारमा २४ दिन इनक्युबेशन अवधिको पहिलो पटक अवलोकन गरिएको थियो
  • फेब्रुअरी २१ मा पाचवटा केशहरुको आधारमा विश्लेषण गर्दा १९ दिनसम्मको इन्क्युबेशन अवधि रहेको थियो।
  • चिनको हुबेई प्रान्तमा स्थानीय सरकारले फेब्रुअरी २२ मा एउटा केश २७ दिनको इन्क्युबेसन अवधिको रिपोर्ट गरेको थियो ।
तर WHO ले अनुमान गरेको छ कि यो लामो इनक्युबेशन अवधि भन्दा पनि दोस्रो एक्सपोजर भएको हुनसक्छ चिनमा भएको अध्ययनले निम्न अनुसार औषत इनक्युबेशन अवधि अवलोकन गरेको थियो ।
  • ३ दिन (० - २४ दिनको अन्तरालमा, १३२४ केसहरूमा आधारित अध्ययन)
  • ५.२ दिन (४.१ - ७.० दिनको अन्तरालमा, ४२५ केसमा आधारित अध्ययन)
  • वुहानबाट भ्रमण गरिएका यात्रुहरूमा  इन्क्युबेशन अवधि निम्न पाईएको छ ।
  • ६.४ दिन (२.१ देखि ११.१ दिनहरूको अन्तरालमा)

कोरोना भाइरस संक्रमण हुन लाग्नेमाथि उल्लेखित फरक फरक औसत  इन्क्युबेशन अवधि (यात्रा गर्नेहरुको अवस्था वाहेक) भित्र छैटौ केस पहिचान भएको छ जुन २०७६ साल चैत्र २० गते (अप्रिल २, २०२०) मा चैत्र ४ मा फ्रान्सबाट कतार हुदै नेपाल आएकी ६५ बर्षिय महिलामा कोरोना संक्रमण देखिएको छ यदि दोश्रो केस चैत्र ४ गते मान्ने हो १४ दिनको इन्क्युबेशन अवधि भित्र छैटौ व्यक्ति कोरोना संक्रमित पत्ता लागेको छ ।

भारतबाट स्थल मार्ग मार्फत आएकको हालसम्म कुनै 
कोरोना भाइरस रोगी फेला नपरेकाले हवाईजहाजबाट आउनेहरुलाई आधार मान्दा पनि अन्य केसहरु फेला पर्न बैसाख ३ गतेसम्म पर्खनु पर्ने हुन्छ किनकि चैत्र ६ कतारबाट भारत हुदै आएका र सोही मितिलाई आधार मान्दा बढीमा २७ दिनसम्म इन्क्युबेशन अवधि हुन सक्छ किनकी चिनको एउटा केस २७ दिनमा संक्रमित भएको थियो । चैत्र् ६ देखि २७ दिन जोड्दा २०७७ साल बैसाख ३ पुग्छ । बैसाख ४ गतेबाट अन्य १४ दिन इनक्युबेशन अवधि थप्दा बैसाख १८ गते पुग्छ । १९ गते शुक्रवार मजदुर दिवस र २० गते शनिबार परेकाले २१ गते देखि लकडाउन स्थगित गर्दा नेपाल कोरोना भाइरस मुक्त बनाउने प्रयास केही हदसम्म सफल हुन सक्नेछ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न जरुरी छ ।  तर प्राकृतिक मृत्युलाई जित्न सकिन्न अथवा मृत्यु अवस्यभावी छ । तर अकालको मृत्युबाट जोगिन सरकारले लागु गरेको लकडाउनलाई सफल बनाउन घरमा नै बसेर कोरोना संक्रमणबाट बच्नु हो । यो आधुनिक संसारमा प्लेग जस्तो कारणबाट विश्वले धेरै ज्यान गुमाउनु नपर्ला किनकि वैज्ञानिकहरु नया भ्याक्सिन र औषधी निर्माणमा लागेका छन् । लगभग ७.७ विलियन जनसंख्यामा हालसम्म १० लाख भन्दा बढीमा देखिएको संक्रमणले पूर्ण माहामारी हैन सुरुवातमात्र हो । र केही देशहरु जस्तै दक्षिण कोरिया, इटली, स्पेन र चिनमा झट्ट हेर्दा माहामारी जस्तो देखिन्छ किनकि २० प्रतिशत भन्दा बढी ६० बर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरु कोरोना भाइरसको कारणबाट मृत्यु भएको छ तर अमेरिकाको उमेरगत मृत्यु केही फरक देखिन्छ

अन्त्यमा, कोरना संक्रमणले नेपालको चिकित्सा क्षेत्रमा एउटा ठूलो सवाल जन्मेको छ । यो क्षेत्रमा लाग्ने डाक्टरहरुको अध्ययन अनुसन्धान के हो ? केवल नाडी छामेर पैसा कमाउने मात्र हो ?  हाम्रा चिकित्साशास्त्र शैक्षिक संस्थाहरुमा कोरोना सम्बन्धि क्लिनिकल अध्ययन अनुसन्धान सम्पन्न गर्न पूर्वाधारका साथै योग्य बैज्ञानिकनै छैनन् । भएका सक्षम र योग्य जनशक्ति अमेरिका लगाएत देशहरुमा बसाईसराई जान्छन भने मेडिकल डिग्री लिएका उमेरले डाडा काटेका र बाहिरी देशमा अयोग्य ठहरिएकाको ठूलो जमात नेपालको प्राईभेट अस्पतालमा भरिएका छन् जुन पक्षले हालको कोरोना भाइरसको शंकामा अस्पताल जाने सर्वसाधरणहरुलाई उपचार गर्न अस्विकार गरेको देखियो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif