Tuesday, 02 June, 2020    |    २०७७ जेष्ठ २० गते , मंगलवार

कोरोना संक्रमित १० लाखभन्दा बढी मृतक ५२ हजार नाघ्यो


२०७६ चैत्र २१ गते , शुक्रवार प्रकाशित

बिवब्यापीरुपमा बढ्दो कोरोना भाइरस संक्रमणले आज १० लाख नाघेको छ । यो १० लाख ९ हजार ७१७ पुगेको छ भने यसबाट मृत्यु हुनेको संख्या पनि ५२ हजार ८ सय ५५ पुगेको छ । संक्रमणमा सबैभन्दा अगाडि अमेरिका छ भने दोश्रोमा इटली र तेश्रोमा स्पेन रहेका छन । 

  अमेरिकामा संक्रमणको संख्या २ लाख ४० हजा ५ सय २९ पुगेको छ भने त्यसमा आजै मात्र २५ हजार ५२६ नया संक्रमित थपिएका हुन् भने आजै मात्र मृत्यु हुनेको थप संख्या ७ सय ८ पुगेको छ । त्यसैगरी इटलीमा संक्रमितहरुको संख्या १ लाख १५ हजार २ सय ४२ छ भने आजै मात्र थप भएको संक्रमित संख्या ४ हजा ६ सय ६८ रहेको छ । त्यसरी नै मृतकहरु आजै मात्र ७ सय ६० जना थपिएका छन् । स्पेनमा पनि संक्रमितहरुको संख्या १ लाख १२ हजार ०६५ पुगेको छ भने मृतकको संख्या १० हजार ३ सय ४८ छ । आजै मात्र थपिएको मृतकको संख्या ९ सय ६१ पुगेको छ । यसरी नै जर्मनीमा संक्रमितको संख्या ८४ अजार ७ सयउ ८८ छ भने मृतकको संख्या १ हजार १सय ७ पुगेको छ । आज थपिएको मृतक संख्या भने १७६ रहेको छ ।

     चीनमा जम्मा मृतक संख्या ८१ हजार ५सय ८९ छ भने मृतक संख्या ३ हजा ३१९छ । आजै मात्र थपिएको मृतक संख्या ६ रहेको छ । फ्रान्समा संक्रमित संख्या ५९ हजार १ सय ५  र मृतक संख्या ५ हजार ३ सय ८७ पुगेको छ । आज मात्र फ्रान्समा मृतक संख्या १ हजार ३ सय ५५ सबैभन्दा बढी थपिएको थियो । इरानमा मृतकहरुको संख्या ५० अजार ६ सय ६८ छ भने मृतक संख्या ३ हजार १ सय ६० पुगेको भने थप मृतकको संख्या १२४ रहेको छ । बेलायतमा संक्रमितको संख्या ३३ हजार ७ सय १९ पुगेको छ भने मृतकको संख्या २ हजार ९ सय २१ पुगको छ । आज थपिएको मृतकको संख्या ५ सय ६९ रहेको छ ।

  यसरी निरन्तर बढ्दो संक्रमण र मृतकको संख्याले यो भाइरसबाट लाखौंको ज्यान जाने र लाखौलाख संक्रमित हुने क्रम जारी रहेको देखिन्छ । यसको बढ्दो प्रकोप कहिलेसम्म रहने हो यकिन छैन । चीनमा भने यसको गति मन्द र प्राय स्थिर जस्तो देखिएको छ । पहिला वूहान केन्द्र बिन्दू रहेको चीनमा अहिले संक्रमण भएकाहरु बाहिरबाट सरेर आएको देखिएको छ । 
    
     दक्षिणी छिमेकी देश भारतमा २१ दिने लक डाउन जारी रहेको बेला संक्रमितको संख्या २ हजार ५ सय ३७ पुगेको छ भने मृतकको संख्या ७२ पुगेको छ । भारतमा आजै मात्र १४ जनाको मृत्यु भएको छ । नेपालमा पनि दुइसातादेखि लक डाउन भइरहँदा हालसम्म संक्रमति ६ जना देखिएका छन् भने त्यसमा १ जना जाति भएको र अरुले उपचार गराइरहेको स्थिति छ । आज बिश्वका २०४ देश र प्रदेशहरुमा यो कोभिड–१९ भाइरस फैलिएको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif