Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

कुमारी बैंकले प्रत्येक प्रदेशबाट १० लाखका दरले कोषमा रकम दिँदै


२०७६ चैत्र १९ गते , बुधवार प्रकाशित

कुमारी बैंकले विश्वव्यापी फैलिएको कोभिड महामारीको रोकथामका निमित्त राष्ट्रिय राहत कोषमा प्रत्येक प्रदेशबाट रु १० लाखको दरले बैंकले कूल रु. ७० लाख सो योगदान दिने भएको छ । 

बैंकका गण्डकी प्रदेश प्रमुख नवीन राज पौडेलले उक्त प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई रु १० लाखको सहयोग रकम हस्तान्तरण गर्दै सहयोग प्रक्रिया शुभारम्भ गरे ।

सो सहयोग मार्फत कोरोना भाइरसको रोकथामका साथै न्यून आम्दानी भएका अतिविपन्न, सिमान्तकृत परिवारहरुलाई दैनिक उपभोग्य सामग्री आर्जनका निम्ति सदुपयोग पुग्नेमा बैंकले विश्वास जनाएको छ । 

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्था लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । 

लकडाउनको विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउंदै आएको छ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif