Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

बिश्वमा कोरोनाले अर्थतन्त्र चूनौतिपूर्ण र निकै कठिन बनाउने


२०७६ चैत्र १९ गते , बुधवार प्रकाशित

  बिश्वमा कोरोनाभाइरस फैलिएर ब्यापक असर पारिरहेको सन्दर्भमा त्यसको असरले बिश्वमा ब्यापक गरीबी र बेरोजगारी बढ्ने र समाजिक क्षेत्र त्यसबाट प्रभावित हुने बिश्व बैंकको अध्ययनले देखाएको छ । खशगरी यसको हालैको एक अध्ययनले  ब्यापक बेरोजगारी बढ्ने पूर्वी एशिया तथा  प्रशान्त क्षेत्रमा मात्रै  झण्डै २ करोड ४० लाख मानिसलाई गरीबीबाट पार पाउन यसले रोक्ने देखाएको छ । बास्तवमा बिश्व बैंकले बिश्वका सबै देशमा कोरोनाभाइरसको सङ्क्रमणका कारण उत्पन्न परिस्थितिबाट उल्लेख्य आर्थिक प्रभाव पर्ने औंल्याएको छ ।
यस सन्दर्भमा उद्योगमा आश्रित परिवारहरुमा सबैभन्दा बढी यो भाइरसको प्रभावको असर देखिने उल्लेख गरेको छ । बैंकका अनुसार थाइल्याण्ड र प्यासिफिक आइल्याण्डको पर्यटन क्षेत्रमा प्रभाव पर्नेछ भने भियतनाम र कम्बोडियाको उत्पादनमूलक उद्योगहरू प्रभावित हुने बताइएको छ ।    यस प्रक्षेपित स्थितिमा विश्व ब्याङ्कले स्वास्थ्य सेवाको विस्तार र स्वास्थ्य उपकरणको उद्योगमा लगानी गर्न ती  क्षेत्रहरुलाई अनुरोध समेत गरेको छ । त्यसका लागि त्यस्ता परिवारहरुलाई मद्दत गर्न बिरामी बिदाको सहुलियत उपलब्ध गराउन प्रस्ताब अघि
सार्न समेत बैंकले सुझाब दिएको छ ।


यो महामारीको प्रभावले पूर्वी एशिया र प्रशान्त क्षेत्रका दुई करोड ४० लाखभन्दा कम मानिस गरीबीको रेखाबाट बाहिर जाने बैंकल उल्लेख गरेको छ।   महामारीले उत्पन्न गर्ने सबैभन्दा खराब अवस्थामा उक्त सङ्ख्या तीन करोड ५० लाख पुग्ने र त्यसमध्ये दुई करोड ५० लाख त चीनमा नै गरीबीको रेखामुनि रहन बाध्य हुने समेत त्यसले उल्लेख गरिएको छ।   उल्लेखनीय छ कि विश्व बैंकले दैनिक साढे पाँच डलर वा सोभन्दा कम आम्दानी हुने मानिसहरुलाई गरीबको परिभाषामा राखेको छ। बास्तवमा विश्व ब्याङ्कको यो प्रक्षेपण निकै निराश बनाउने खालको छ। यो वर्ष पूर्वी एशियाका सबै देशमा उल्लेख्य नकारात्मक असरहरू टार्न नसकिने भन्ने बैंकको निचोड छ।

  यसले स्पष्ट पारेको छ कि गरीबहरू अझ गरीब हुनेछन् भने  धनी देशहरूले पनि व्यापारलाई सही अवस्थामा राख्न सङ्घर्ष गर्नेछन्।   बैंकले प्रष्ट के अनुमान गरेको छ भने कोरोनाभाइरस शुरू भएको चीनमा आर्थिक वृद्धि घटेर २ दशमलव ३ प्रतिशतमा सीमित हुनेछ। अघिल्लो वर्ष यो वृद्धि दर ६ दशमलव १ प्रतिशत रहेको थियो।      

यद्यपि महामारी थप खराब नभएको अवस्थामा यो अहिलेको प्रक्षेपण गरिएको हो। त्यसैले, यो अझ खराब भयो भने वृद्धि शून्य दशमलव १ प्रतिशत मात्रै हुने खतरा पनि बैंकले दर्शाएको छ ।   स्बस्तुतः वास्थ्यमा समस्या देखिदा र आम्दानी गुम्दा त्यसले गरीबीको रेखामा रहेकालाई प्रत्यक्ष असर गर्ने विश्व बैंको निचोड छ ।यसले गर्दा अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु अझबढी प्रभावित हुनेछन् र उनीहरूले बढी सहायताको माग गर्ने स्थिति उत्पन्न हुनेछ ।

  बितेको पछिल्लो दशकमा मूख्यगरी चीन विश्वको आर्थिक वृद्धिको प्रमुखय इञ्जिन रहेको आर्थिक बृद्धिको गति र आयतनका कारणले देखिदै आएको थियो । तर अब कोरोना भाइरसले उक्त गतिलाई रोकिदिएको छ । जसले गर्दा अर्थतन्त्र सुधारको भाबी बाटो निक्कै कठीन र चूनौतिपूर्ण हुने देखिन्छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif