Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

विजयनगरमा सञ्चालित क्वारेन्टाइनले नपुगे थप क्वारेन्टाइनको तयारी हालतमा छ : अध्यक्ष थापा


२०७६ चैत्र १६ गते , आईतवार प्रकाशित

    कपिलवस्तुको विजयनगर गाउँपालिकाले सञ्चालन गरेको १६ बेडसहितको क्वारेन्टाइनले नपुगेमा आवश्यकता अनुसार थप क्वारेन्टाइनको व्यवस्थापन तयारी हालतमा राख्ने गाउँपालिका अध्यक्ष गोपाल बहदुर थापाले बताएका छन्  ।    गाउँपालिकाको वडा नं। १ रहेको दूधाधारी माध्यमिक विद्यालय गुगौली,  ६ मा हरिबोध आधारभूत विद्यालय प्रेमनगर र  ७ मा लौटनराम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा क्वारेन्टाइनको व्यवस्थापन गर्ने निर्णय भएको थापाले बताएका हुन् ।    अहिले विश्वभर महामारीको रुप लिई फैलिएको कोरोना भाइरस ९कोभिड–१९को संक्रमणको जोखिमलाई मध्येनजर गर्दै यसको रोकथाम र नियन्त्रण गर्न तीव्र रुपमा सचेतनाका कदमलाई जोड दिएको बताए ।    ‘लकडाउन’ के हो रु किन यसो गर्नु परेको हो ? लगायत विषयमा सर्वसाधरणमा जानकारीका लागि जनचेतनामुलक प्रचारप्रसार र माइकिङ्ग गर्नुको साथै सम्बन्धित वडाभित्र सञ्चालित बृद्धा आश्रम, बालगृह, धर्मशाला, मन्दिर, बौद्ध विहार, मस्जिद जस्ता स्थानमा सामुहिक आवास, भेला पूर्ण रुपमा बन्द गर्ने गाउँपालिकाले निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिएका हुन् ।    गाउँपालिका बाहिराबाट गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरी शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बताउँदैँ उपभोगका सामग्री किनमेल र बेचविखनका लागि सामग्री खरिद गर्ने व्यक्तिहरुलाई १ मिटरको दुरी कायम हुने गरी भीडभाड नगरी पालैपालो लाइनमा बसी किन्ने व्यवस्था सम्बन्धित पसलहरुले गर्नुपर्ने र अन्यथा पसलहरु खोल्न रोक लगाउने पनि उनले उल्लेख गरे ।    उनले अति विपन्न परिवारलाई चामल, दाल, तेल, नुन लगायत राहत सामग्री वितरण गर्ने भएको पनि जानकारी दिए । सरसफाईका लागि जनचेतना जगाउने तथा सावुन, मास्क, स्यानीटाइजर लगायत सामग्रीहरु उपलब्ध भएसम्म प्रत्येक परिवारमा गाउँपालिकाबाट वितरणसमेत गर्ने समेत भट्टराईले जानकारी दिए।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif