Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

बागलुङ्गकी २२ बर्षीय किशोरी कोरोना भाइरसकी पाँचौं संक्रमित


२०७६ चैत्र १५ गते , शनिवार प्रकाशित

 बिश्व माहामारी मच्चाउने कोरोना भाइरस(कोभिड–१९)ले नेपाललाई पनि अछुतो छोडेको छैन । आज पनि एकजना बागलुङ्गकी किशोरी संक्रमित भेटिएको स्वास्थ्य जनसख्या मन्त्रालयका प्रबक्ता बिकास देबकोटाले सार्वजनिक गरेका हुन् । ती किशोरी बेल्जियमबाट यही चेत्र ४ गते कतार हुँदै नेपाल आएकी जानकारी दिइएको छ । उनी त्यस दिन क्यूआर ६५२ फ्लाइटबाट नेपाल  आएकी थिइन् ।
 
नेपालमा काठमाण्डौ उपत्यका बाहिर कोरोना संक्रमित भेटिएको यो दोश्रो पटक हो । यस अघि धनगडी कैलालीमा एकजना संक्रमित भेटिएको र तिनी पनि बिदेशबाटै आएका थिए । उनको उपचार भइरहेको बताइएको थियो । अअिलेसम्म नेपालमा ८७५ जनाको परीक्षण गरिउको, ३२ जना परीक्षणको क्रममा रहेकोले त्यसको रिपोर्ट आइनसकेको तथा  १० जना टेकु अस्पतालमा नै आइसोलेशनमा रहेको पनि प्रबक्ता देबकोटाले थाहा दिएका थिए । अहिलेसम्म नेपालमा यो घातक भाइरसको आक्रमण पहिलो चरणमै रहेको बताइन्छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif