Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

अत्यावश्यक सेवा कृषि क्षेत्र पनि सुचारु गर्न अपिल


२०७६ चैत्र १५ गते , शनिवार प्रकाशित

    घातक कोरोना महामारी फैलिन नदिन सरकारले देशैभरी लकडाउन गरेको भए पनि कृषि क्षेत्रलाई आधारभूत र अत्याबश्यक सेवा मानेर यसको उत्पादन र बितरण सुचारु गर्न एक बिज्ञप्ति मार्फत आह्वान गरेको छ । भाइरसले समस्या पारेको भए पनि मानिसको जीवनदायिनी शक्ति कृषि क्षेत्रले भोक नटारी सुख छैन । सरकारले किसानको सुरक्षा र उनीहरुको उत्पादन, बिक्री बितरण र उचित मूल्यका लागि सबै किसमक उपाय गर्नु र किसानलाई प्रोत्साहन दिनु पनि उत्तिकै आवश्यक छ । उक्त अपिलमा भनिएको छ :

  कोभिड–१९ को संक्रमण विश्वभरि नै तीव्र गतिमा फैलिरहेको र नेपालमा यसका सम्भावित क्षति न्यूनीकरण गर्न नेपाल सरकारबाट देशव्यापी अवागमन बन्द गर्न र सर्वसाधारणलाई सुरक्षित तवरबाट घरमै बस्न आदेश जारी भएको सर्वविदितै छ । यस अवस्थामा जनजीविकाका लागि अत्यन्त आवश्यक पर्ने खाद्यवस्तुको उत्पादन, व्यवस्थापन तथा आपूर्ति सुचारु गर्ने प्रदेश सरकारसँगै नेपाल सरकार समेतको निर्णय छ ।

    यस सन्दर्भमा अत्यावश्यक खाद्यवस्तुहरूको उत्पादन, ढुवानी र बिक्रीवितरणलाई व्यवस्थित गर्न सम्बद्ध सबै पक्ष एवम् निकायहरूलाई मन्त्रालय हार्दिक अनुरोध गर्दछ । लकडाउनको मूल उद्देश्य व्यक्ति–व्यक्तिबीच दूरी कायम गर्ने र कोरोना भाइरस संक्रमणको चेन चुँडाउने हुँदा सामाजिक दूरी कायम गर्दै र जैविक सुरक्षाका उपाय अवलम्बन गरी कृषितर्फ खाद्यान्न तथा बालीका बिउ, बेर्ना र सेट, पशुपक्षी तथा मत्स्य बीज, हाँस–कुखुराका चल्ला, मौरीका घार तथा दैनिक उपभोग्य खाद्यान्न तथा नाशवान तरकारी, दुध, फलफुल, माछामासु, अण्डा तथा पशुपक्षीका दाना र आहाराका ढुवानी एवम् बिक्रीवितरण तथा पशुपंछी उपचार सेवालाई अत्यावश्यक सेवाका रूपमा कायम गरी त्यस सम्बन्धी आवश्यक व्यवस्था  सुनिश्चित गर्न सबैमा आग्रह गर्दछौं ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif