Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

ट्रम्पले शी जिनपिङ्गको प्रसंशा गरे टेलिफोन बार्तापछि


२०७६ चैत्र १५ गते , शनिवार प्रकाशित

    चिनीय  राष्ट्रपति शी  जिनपङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग शुक्रवार भएको टेलिफोनवार्ता हुँदा  कोरोनाभाइरस महामारीसँग जुझ्न एकजुट हुनैपर्ने बताए ।    बितेका पछिल्ला साताहरुमा यो महामारीलाई ट्रम्पले ’चिनीयाँ भाइरस’ भनेपछि  यी दुई देशबीच बारम्बार चर्काचर्की  पर्दै आएको देखिन्थ्यो ।

  हिजो शुक्रबार दुइ नेताका बीच  फोनवार्तामा राष्ट्रपति शीले चीनले कोभिड –१९ का बिरुद्ध अमेरिकासँग मिलेर काम गर्न चाहेको बताए।
    त्यस क्रममा उनले बेइजिङका कदमहरू खुला र पारदर्शी रहेको पनि  बताएका थिए । 

Donald Tupm Tweeted :
'Just finished a very good conversation with President Xi of China. Discussed in great detail the CoronaVirus that is ravaging large parts of our Planet. China has been through much & has developed a strong understanding of the Virus. We are working closely together. Much respect !'  
  यो टेलिफोन बार्तापछि आफ्नो  एउटा ट्वीटमा अमेरिकी राष्ट्रपति ट्रम्पले ’निकै सम्मान’ लेख्दै यस रोगबारे चीनसँग बलियो बुझाइ रहेको उल्लेख गरे ।   यतिबो बेइजिङले कोरोनाभाइरसको महामारीसँग जुझिरहेका देशहरूलाई सघाउने विषयमा नेतृत्वदायी भूमिका खेलिरहेको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif