Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

बेलायती प्रधानमन्त्री भए कोरोना भाइरसबाट संक्रमित


२०७६ चैत्र १४ गते , शुक्रवार प्रकाशित

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। 

गएको २४ घण्टमा आफूलाई सामान्य लक्षणहरु देखिएको र परीक्षण गराउँदा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी उनले ट्वीट मार्फत दिएका हुन्।

केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिाइनमा बस्ने र भिडिओ कन्फरेन्सबाट सरकार प्रमुखको जिम्मेवारी निभाउने उनले जनाएका छन् । 

यसअघि महारानी एलिजावेथका उत्तराधिकारी युवराज चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरस देखिएको छ भने ५ सय ७८ जनाले ज्यान गुमाएका छन्।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif