Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

कृष्णनगर नगरपालिका लगायतको वातावरण सुनसान


२०७६ चैत्र १४ गते , शुक्रवार प्रकाशित

 भोला गुप्ता

    कपिलवस्तु प्रशासनले लगाएको निषेधाज्ञा अर्थात ‘कर्फ्यू’को विहिवार तेस्रो दिन कृष्णनगर नगरपालिका लगायतको वातावरण सुनसान बनेको छ । बिहानै देखि सडक, चोकचौराहामा मानिसको जमघट घटेको छ भने नीजि सवारी साधन पनि पूर्णतया ठप्प छन ।

  मंगलवार नगपालिकाका १० जनाले ‘कर्फ्यू’ उल्लङ्घन गर्नेलाई पक्राउ गरेपछि सुरक्षाकर्मीले ठाउँ ठाउँमा निगरानी बढाउँदै जाँदा सुनसान बनेको हो । कृष्णनगर बजार, बहादुरजञ्ज क्षेत्र लगायत ठाउँ सुनसान रहेको देखिएको छ । 

  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि भित्रिएपछि सरकारले सोमबार देखि देशभर ‘लकडाउन’को घोषणा गरेको थियो । तर, कपिलवस्तुबासीले यसलाई वेवास्था गरेपछि जिल्ला प्रशासनले जिल्लाभर निषेधाज्ञा (कर्फ्यू’) जारी गर्न बाध्य भएको थियो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif