Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

चीनमा पुनः भस्मासुरे भाइरस कोरोना देखापर्दा चिन्ता


२०७६ चैत्र १३ गते , विहीवार प्रकाशित

     भस्मासुरकोरुपमा बिश्वभरी फैलिरहेको कोरोना भाइरस चीनको वूहानमा शून्यमा झरेको थियो । तर शून्यमा झरेको ४ ५औ दिनमा फेर त्यहाँ एकजना कोरोना संक्रमित बिरामी फेला परेका छन् । यो कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वूहान शहरमा पाँच दिनको शून्यतापछि फेरि उक्त भाइरस देखापर्नुले यो निर्मूल हुन अझै समय लाग्ने स्थिति देखाएको छ ।   अमेरिकाले खिसीट्यूरी गर्दै ‘चिनीयाँ भाइरस’ भनेको र पछि बिश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको यो भयावह भाइरस गत बर्ष डिसेम्बर १८ मा हूबे प्रान्तको वूहानमा फेला परेको थियो । तीन हजार भन्दा बढी मानिसको ज्यान लिएको र ८१ हजारभन्दा बढीमा संक्रमित भएको यो भाइरसका बिमारी फेरि चीनमा देखापर्नु सबैको लागि थप चिन्दाको बिषय बनेको छ ।अहिले त्यहाँ बाहिरबााट यो संक्रमण भित्रिएको हुनसक्ने प्रबल सम्भावना छ  ।   पछिल्लो समयमा चीनमा बितेको २४ घण्टामा ८० वटा नयाँ संक्रमण चिनीयाँ भूमागमा पाइएको र त्यसरी संक्रमित भएका मध्ये ४ जना चिनीया र अरु सबै बाहिरका रहेको बताइएको छ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif