Monday, 01 June, 2020    |    २०७७ जेष्ठ १९ गते , सोमवार

शुक्रबार नमाज पढ्ने बारे मदरसा मस्जिदका अध्यक्षरुको संयुक्त बिज्ञप्ति


२०७६ चैत्र १३ गते , विहीवार प्रकाशित


शहबाज खान

कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्र रहेका बिभिन्न मदरसा मस्जिदका अध्यक्षहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी शुक्रबारे नमाज पढ्ने बारे स्पष्ट पारेका छन् ।  विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्रहरू समेत उक्त महामारी रोक्न धेरै चुनौतीको सामना गर्दै आएका भारत समेत प्रभावित रहेकाले नेपालमा समेत सबै नेपालीलाई सावधानी अपनाउन आग्रह गर्दै आज यो प्रेस विज्ञप्ति जारी गरिएको छ। नेपाल सरकारले दिएको निर्देशनलाई मुस्लिम समुदायले समेत अपनाई कोरोना भाइसको रोकथाम गर्न र सचेतना अपनाउन, मुस्लिम समुदाय मस्जिदमा आउन जान दिने तर नमाज  ४ जनाले मात्र पढ्ने,  भिड भाड न गर्ने र भोली शुक्रवारको नमाज अरुले आ–आफ्नो घरमा पढ्न र नेपाल सरकारले दिएको निर्देशन पालन गर्न मौलाना मसहूद खां नेपाली लगायत  समुदायका सबै जिम्मेवार व्यक्तिहरुले गरेका थिए ।

  कपिलवस्तुको कृष्णनगर नगरपालिकमा रहेको जामिया सिराजुलउलुम अलसल्फिया झन्डानगरका अध्यक्ष समीम अहमद नदवी, ५नं.प्रदेश मदरसा बोर्ड समितिका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, मुस्लिम संगठन नेपालका अध्यक्ष  सिराज अहमद फारुकी, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी,  मदरसा खादिजुलकुबरा का अध्यक्ष अब्दुल अजीम मदनी, जामिया इस्लामिया नाइमिया का कार्यवाहक अध्यक्ष  अब्दुल कलाम खां, मौलाना जमाल हरुको हस्ताक्षर मा प्रेस विज्ञप्ति जारी र हेरा एजुकेशनल एण्ड वेलफेयर सोसायटी शिवराज नगरपलिकाका उपाध्यक्ष शेख अरसद मक्की,शेख जैस मक्की लगायतहरुले यो प्रेस विज्ञप्ति को समर्थन गरेका थिए्र ।
    यस्तो संकटका बेला  सरकारले दिएको निर्देशनको पालना   हामीले मात्रै गरेको  होइन बिश्व भरी नै गरिएको  छ । साथ साथै यो रोग बाट बच्नका लागि सरकारले आफ्नो स्तरबाट हुनसक्ने सबै तरीकाले  सहयोग गर्दै आएको भन्ने कुरा पनिविज्ञप्ति मा भनिएको छ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif