Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

भोलीदेखि रसुवागढी र तातोपानी नाका खोलेर आयात सुचारु गरिने


२०७६ चैत्र १२ गते , बुधवार प्रकाशित

  आबश्यक स्वास्थ्य सम्बन्धी पालना गर्नुपर्ने प्रोटोकल पूरागरी चीनको रसुवागढी र तातोपानी नाकाबाट सामान आयात निर्यात कार्य सुचारु गरिने सरकारले निर्णय गरेको । यो आयात निर्यात सुचारु गर्न आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्ने बताइएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले यो निर्णय गरेको हो । देश पूर्ण लक डाउनमा रहेको बेला दैनिक उपभोगका बस्तुहरुको अभाव नहोस् र जनजीवन अझ कष्टकर हुन नपाओस् भन्ने हेतुले यी नाकाबाटा मालसामान आयात निर्यात गर्ने निर्णय गरेको देखिन्छ ।

भारतले जनता कफ्र्यु र लक डाउन गरेर बिश्व महामारी कोरोना भाइरस फैलिन नदिन शुरु गर्ने भए पछि नेपालले पनि चीन र भारतसँगका १७० नाका बन्द गर्नुका साथै नेपालभित्र पनि लकडाउन गरेको थियो । अहिले भारतसँगका नाका भारतमा लक डाउन भएकाले बन्द नै रहने छन भने चीनसँगका नाकाहरु खोलिने भएको छ ।
 
नेपालमा बसेका विदेशी नागरिकलाई आफ्नै देश फर्काइने

  आजको उच्च स्तरीय बैठकले नेपालमा रहेका विदेशी नागरिकलाई आफ्नो मुलुक फर्काउने निर्णय पनि लिएको छ । नेपालका विभिन्न स्थानमा रहेका विदेशीलाई हवाई उद्धार गरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ल्याएर सम्बन्धित मुलुक फर्काइने भएको छ । विदेश फर्कीजान उडानको समय नमिलेको अवस्थामा भने त्यस अवधिभर विमानस्थल नजिकैको होटलहरुमा सेल्फ क्वारेन्टाइनमा राखिने समेत जनाइएको छ ।

  विदेशबाट फर्किएकाहरुको पनि अभिलेख राखिने र भारत तथा सेस्रो मुलुकबाट फर्किएका नेपालीहरुको अभिलेख राख्न स्थानीय तहलाई निर्देशन दिइने भएको छ । विदेशबाट फर्किएकाहरुको स्वास्थ्य सम्बन्धी अभिलेख दैनिक रुपमा राख्नुपर्ने र स्थानीय स्वास्थ्य संयोजकले कोभिड–१९ को लक्षण देखिएका व्यक्तिको विवरण प्रत्येक दिन प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउनुपर्ने समेत निर्णय लिएको छ । प्राप्त विवरणलाई प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आपल्कालिन कार्य सञ्चालन केन्द्रमा पठाउनु पर्ने व्यवस्था पनि गरिएको छ ।

  राष्ट्रिय कार्य सञ्चालन केन्द्रले आपत्कालीन स्वास्थ्य कार्यसञ्चालन केन्द्रमा दैनिक रुपमा पठाउने व्यवस्था गरिने जनाइएको छ । यसरी नै प्रदेश र स्थानीय तहहरूले क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत आजको बैठकले निर्देशन दिइएको छ ।

  इन्डक्सनमा भन्सार छुट बैठकले इन्डक्सन चुल्हो प्रयोगमा उपभोक्तालाई प्रोत्साहित गर्न विद्युत महसुल र भन्सार महसुलमा छुट दिने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण इन्धन आपूर्तिमा पर्नसक्ने असरबाट उपभोक्तालाई राहत दिन विद्युत महसुल र इन्डक्सनमा भन्सार महसुल छुट दिने व्यवस्था गर्न लागेको जनाइएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif