Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

बिश्वमा कोरोनाको कहर बढ्दै : संक्रमित ४४१,२०७ मृतक १९,७६६


२०७६ चैत्र १२ गते , बुधवार प्रकाशित

    बिश्व महामारी कोरोना भाइरसले लगातार बिश्वब्यापी रुपमा ताण्डब मच्चाइरहको छ । अहिलेसम्म बिश्वका १९६ भन्दा बढी देशमा फैलिसकेको यो घातक महामारीले ४ लाख ४४, हजार २०७ मानिसमा संक्रमित भइसकेको छ ।

यसले अहिलेसम्म १९ हजार ७ सय ६६ मानिसहरुको कालकलबित गरिसको छ । संक्रमितमध्ये १ लाख १२ हजार  ३६ जाति भएका छन् । बिमारीमा ३ लाख ९ हजार ५ सय ४ सामान्य प्रकृतिको बिमारी रहेका छन् भने १३ हजार ४ सय २५ (४ प्रतिशत) गम्भीर अबस्थाबाट गुज्रिरहेका छन् ।

  चीनको हूबे प्रान्तको वूहानबाट शुरु भएको यो संक्रमणकारी बिश्व महामारी चीनमा ८१ हजार २ सय १८जनामा संंक्रमित भएर ३ हजार २ सय ८१ लाई मारिसकेको छ भने इटालीमा ६९ हजार १ सय ७६ जनामा संक्रमित भएर ६ हजार ८ सय २० को ज्यान लिइसकेको छ । त्यसरी नै अमेरिकामा यसले ५५ हजार ५ सय २८ मा संक्रमित भएर ७ सय ९१ जनाको ज्यान लिइ सकेको छ ।   

अब चीनमा  पराजित जस्तो  भइसकेको  यस भाइरसले अहिले यूरोप त्यसमा पनि इटली र स्पेनमा ताण्डब मच्चाइरहेको छ भने अमेरिकामा पनि लगातार बढ्दो गतिमा फैलिरहेको छ । चीनमा फेरि अर्को दान्ता भाइरसले अर्को एकजना मानिसको ज्यान लिएको समाचार छ ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif