Tuesday, 14 July, 2020    |    २०७७ असार ३० गते , मंगलवार

नेपाली काग्रेसद्वारा राष्ट्रिय आबिस्कार केन्द्रलाई रकम


२०७६ चैत्र १२ गते , बुधवार प्रकाशित

काठमाडौं – नेपालीकांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिहरूले संकलन गरेर पठाएको रकम महाबीर पुनको नेतृत्व र सञ्चालनमा रहेको  राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ।    नेपाली जन सम्पर्क समिति साइप्रससहित संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारका नेपालीहरुले  पठाएको रु १ लाख ३५ हजार ४४१ मा नेपाली काग्रेसको तर्फबाट रु १० हजार थप थरी आज  रकम नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरेकाहुन् । ‘कोरोनाजस्तै प्रश्नमा नेपालको अनुसन्धान दक्षता बढाऔं भन्ने आग्रह साथ सो रकम  हस्तान्तरण गर्न पाउँदाखुशीलागेको छ,’ शर्माले भने ।
  महामारीको जोखिममा नेपालले केही योगदान गर्न सक्ने अभिप्रायले नै देश बाहिर रहेका नेपालीले आविष्कार केन्द्रलाई सहयोग गरेकाले यो कार्यमाआफ्नो पहलकदमी निरन्तर हुने आविष्कार केन्द्रका प्रमुख पुनले बिश्वास दिलाए ।   ‘सानो–सानो प्रयासबाटै ठूला आविष्कार सम्भवभएको हो, हामीले गरिरहेको काम सानो होला, सीमित स्रोतसाधनहोला, आशा गनुपर्छ, विस्तारै दायरा फराकिलो हुनेछ,’ भन्ने बिश्वास पनि उनले ब्यक्त गरे ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif