Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

कपिलवस्तुमा १० मृत गोरुसहितको ट्रक प्रहरीको नियन्त्रणमा


२०७६ चैत्र १२ गते , बुधवार प्रकाशित

  कपिलवस्तु / कपिलवस्तुको शिवराज नगरपालिकाबाट मृत १० गोरु सहितका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ  । शिवराज नगरपालिकाको वडा नं. १ बनकसबासाबाट मृत गोरु ट्रकमा लोड भएको प्रहरीले नियन्त्रणमा लिएको हो । ना ४ ख २९८४ नम्बरको ट्रकमा एउटा गोरु जिउँदो र १० वटा मरेको प्रहरीले जनाएको छ ।    भेट्रेनरीले  चैत्र १२ गते चलानी गरेको र पशु क्वारेन्टाइनले छाप लगाएको रसिदसँगै रहेको जनाएको छ । सरकारले लक डाउन गरेको अवस्थामा लैजान नसकेर र ट्रकमा गोरु ओभर लोड भएको कारण च्यापिएर १० गोरु मरेको हुन सक्ने इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।   विजयनगर गाउँपालिकाको वडा नं. ४ बरगदवामा भन्ने ठाउँमा जिउँदोलाई झारी मरेको गोरुलाई गाड्ने क्रममा स्थानीयले देखेपछि लखेटेका थिए । तस्करले ट्रक लिएर सुन्दरीडाँडा, तुरुन्तपुर, शिवपुर हँुदै भागेको ट्रकलाई बनकसवासाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । यता स्थानीयवासीलाई सम्पर्क गर्दा प्रहरी चौकी जगदीशपुरको मिलोमतोमा मरेको गोरुलाई गाड्न लागेको बताएका छन् ।    जगदीपुरबाटै जेसीवी ल्याई गाड्न लागेको र स्थानीयले गाड्न नदिएपछि विवाद उत्पन्न भएको थियो । विवादपछि ट्रक लिएर भागेको बताएका छन् । विगत केही महिनादेखि यो ठाउँलाई चौपाय ओसारपोसारको केन्द्र बनाबएको एक स्थानीयका अनुसार खुल्न आएको छ ।    यता इलाका प्रहरी कार्यालय गणेशपुरलाई सम्पर्क गर्दा प्रहरीको केही संगग्नता नरहेको र थाहा पाउने वित्तिकै घटना स्थलमै पुगी नियन्त्रणमा लिएको र कारवाहीका लािग पशु सम्बन्धी कसूर अन्तर्गत मुद्धा चलाइने गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिएका छन्  ।    ती गोरुहरु बाराको निजगढ बस्ने चालक कमल मगरले दाङको तुल्सीपुरबाट हेटौँडा लैजान लागेको बताएका छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif