Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

नेपालमा अर्को एकजान कोरोना भाइरस संक्रमित थपिए


२०७६ चैत्र १२ गते , बुधवार प्रकाशित

  राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको नमूना परीक्षण गर्दा अर्को एकजा ब्यक्तिमा पनि कोरोना भाइरस पोजिटिभ देखिएको छ । यो कुरा स्वास्थ्य मन्त्रालय समेतले पुष्टी गरेको छ ।  जानकारी गराइए अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  बुधबारसम्म ६ सय ८७ जनामा कोरोना संक्रमणको आशंका नमूना परीक्षण गरिएको थियो । जसमध्ये ३ जनामा पोजेटिभ देखिएको छ भने बाँकी ६ सय ८४ जना नेगेटिभ देखिएको छ ।

  यस सम्वन्धमा पहिलो पटक गत माघ ९ गते चीनबाट आएका एक जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको थियो र उनी उपचारपछि निको भइसकेको बताइएको छ ।   त्यसभन्दा पछि दोस्रो यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीया एक बिद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो  । ती युवतीको हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

  पछिल्लो पटक पुनः एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनको पनि आइसोलेसनमा राखेर उपचार भइरहेको बताइएको छ । यद्यपि संक्रमित व्यक्ति कुन ठाउँका हुन् र कुन अस्पतालमा उपचार गराइरहेका छन् भन्ने विषय भने अहिलेसम्म खुलाइएको छैन । उनी पनि केही दिन पहिला  स्व खाडी मुलकबाट केही दिन पहिला नेपाल आएका मन्त्रालय श्रोतको भनाइ छ ।   यसरी अहिलेसम्म नेपालमा भेटिएका संक्रमित सबै बाहिरबाट भर्खरै आएका नेपालीहरु छन् ।यी संक्रमित कुन ठाउका हुन् त्यो भने बताइएको छैन ।    

बिभिन्न जिल्लामा होम क्वारेण्टाइनमा 


यसै बीच कतार एवेर वेजबाट चैत्र ४ गने नेपालमा आएका महोत्तरीका ११ जना मध्ये ५ जनालाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि क्वारेण्टाइनमा राखिएको अन्य ६ जनालाई खोजिगरिदै रहेको बताइएको छ । ती यूवाहरु रहेको गाउका १०० घर सिल गरिएको समेत समाचार छ । तिनीहरु सबै संक्रमित भेटिएकी फ्रान्सबाट कतार हुदै नेपा लफर्किएकी एक छात्रसँगै एउटै बिमानमा नेपाल आएका थिए । 
  अन्य बिभिन्न पहाडी जिल्लामा पनि बिदेशबाट घर र्फिर्कएकाहरुको पहिचान गरी होम  क्वारेण्टाइनमा राख्ने क्रम बढ्दो छ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif