Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

अलपत्र परेकालाई अन्तिम पटक आउन दिने सरकारको निर्णय


२०७६ चैत्र १२ गते , बुधवार प्रकाशित

  कोरोना भाइरस फैलिन नदिन नेपाल र भारतका सरकारहरुले आ–आफ्नो देशमा लक डाउन गरेर आवतजावत बन्दछ । तर भारतमा श्रम गर्न गएका नेपालीहरु कोही सीमा क्षेत्रमा केही दिल्लीमा अलपत्र अबस्थामा छन् । 


  नेपाल सरकारले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई अन्तिम पटक नेपाल आउन दिने तर तिनीहरु सबै १४ दिन क्वारेण्टाइनमा बस्नुपर्ने निर्णय हिजो गरेको छ । यो निर्णयले भारतका बिभिन्न प्रान्तबट घर जान हिडेर दिल्ली आइपुगेका नेपालीहरुको उद्धार हुन्छ कि हुँदैन भन्ने मानबीय प्रश्न खडा भएको छ ।   भारतसँगको पश्चिमी सीमाना गौरी फाण्टा, गड्डाचौकी आदि सीमा क्षेत्रमा अलपत्र परेकाहरुका लागि त यो नियम तुरुन्तै लागु पनि होला तर दिल्लीमा आफ्ना बाल बच्चा र परिवार समेत आइपुगको करीब ५०० जति नेपाली श्रमिकहरुको कसरी उद्धार हुने हो प्रष्ट छैन । तिनलाई सरकारले ब्यवस्था मिलाएर ल्याउने या दूतावासको मातहतमा त्यही मिलाएर राख्ने निर्णय नलिने हो भने महामारी ब्याधी कोरोना फैलिने समस्या खडा हुने पनि उत्तिकै खतरा छ । यसबारे दुबै देशका सरकारले सोच्नु पर्ने र सही निष्कर्शमा पुग्नु पर्ने स्थिति छ ।

दिल्लीमा त्यसरी अलपत्र परेका नेपालीहरुलाई राजदूतावासका प्रतिनिधिहरुले भेटेर सुरक्षित किसमले बस्न आग्रह गरेको र अरु ब्यबस्था मिलाउन पछि भेट्ने आश्वासन दिएको भनेर राजदूतावासले उद्धार गर्ने आशा रोखको बताएका छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif