Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

नेपालका लागि कोरोना बिरुद्ध लड्ने सामान लिएर चिनीया बिमान आउदै


२०७६ चैत्र ११ गते , मंगलवार प्रकाशित

नेपाललाई कोरोना भाइरस जोखिमको संक्रमण महामारीसँग जुध्न जनबादी गणतन्त्र चीनले आवश्यक सामाग्री सहयोग गर्ने भएको छ । यसका लागि एउटा बिमान भरी आबश्यक सामान राखेर नेपाल आउन चिनीयाँ बिमान तयार रहेको समाचार छ ।

  अहिले बिश्वब्यापी डरलाग्दो महामारीकोरुपमा फैलिएको कोरोना भाइरसका बिमारीहरु नेपालमा पनि फाट्टाफुट्ट फेला पर्न थाले पछि चीनले ‘नेपाल एक्लै छ भन्ने नठोन, चीन नेपाालको साथमा छ’ भन्ने कुरा नेपालका लागि चीनकी राजदूत हो याञ्छीले हालै बताएकी थिइन् । यस अघि पनि नेपाललाई यस महामारीको सामना गर्न चिकित्साकर्मी, उपचार जन्य सामाग्री के के चाहिन्छ चीन सहयोग गर्न तयार छ भनेर चीनले चासो लिएको थियो ।

    अहिले त्यही स्वास्थ्य सामाग्रीसहित चिनियाँ विमान नेपाल आउन लागेको बताइन्छ  । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको खबर छ । नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको बुझिएको छ । चीनको राष्ट्रिय ध्वजावाहक चाइना साउदर्न एयरलाइन्स उक्त सामान बोकेर नेपाल आउने लागेको हो भनिन्छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif