Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

कपिलवस्तुमा पत्रकारले आफनो घर क्वारेन्टाइन बनाउन दिने


२०७६ चैत्र ११ गते , मंगलवार प्रकाशित

 
शहबाज खान   कपिलवस्तु / विश्वभर महामारीकोरुपमा फैलिदै गएको कोभिड १९ आर्थत कोरोना भाइरसबाट बच्नको लागि विभिन्न पहल भैरहदा कपिलवस्तुका एक पत्रकारले आफनो घरलाई क्वारेन्टाइन बनाउन दिने भएका छन् ।   कपिलवस्तुमा विगत एक दशकदेखि पत्रकारीता पेशामा क्रियाशील राष्ट्रिय दलित पत्रकार संघ प्रदेश ५ का अध्यक्ष चिन्ता परियारले आफनो घर क्वारेन्टाइनका लागि दिने बताए ।   अध्यक्ष परियारले कपिलवस्तुको विजयनगर गाँउपालिका प्रेम नगरमा रहेको आफनो ३ कोठे घर गाँउपालिकालाई क्वारेन्टाइन बनाउन दिने  जानकारी दिए । यस विपतको समयमा सबैले आफनो क्षेत्रबाट सहयोग गर्नु पर्ने भन्दै आफनो पुर्खाैली घर क्वारेन्टाइनको लागि दिने परियारले उदघोष गरेका छन ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif