Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

संयमित र सावधानीपूर्वक सदस्यलाई सेवा दिन संघहरुको सुझाव


२०७६ चैत्र १० गते , सोमवार प्रकाशित

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सहकारी संस्थाहरुका छाता संघहरुले संयमित भएर सदस्यहरुलाई सेवा दिन सुझाएका छन् ।

काठमाण्डौ र ललितपुरमा रहेका जिल्ला सहकारी संघ, बचत संघ, बहुउद्देश्यीय संघ, कृषि सहकारी संघ, उपभोक्ता सहकारी संघ लगायतका प्रतिनिधिले संयुक्त बैठक पछि प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ को सम्भावित जोखिम नियन्त्रणमा सहकारी क्षेत्रले साथ दिनु पर्ने उल्लेख गर्दै विशेष परिस्थितिमा पूर्व तयारी एवं सतर्कता अपनाउन आवश्यक रहेको जनाएका हुन् । 

मुलुकमा उत्पन्न यस विशेष परिस्थितिमा सहकारी संस्थाहरुले घरदैलो कारोबार बन्द गर्न, तरलता व्यवस्थापनका लागि सीमित मात्रामा बचत फिर्ता गर्न, डिजिटल कारोबारलाई प्राथमिकता दिन, छोटो कार्यालय समय सञ्चालन गर्न, सेनिटाइजर र सरसफाईमा जोड दिन उनीहरुले सुझाएका छन् । 

सरकारले चैत्र ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गर्ने निर्णय गरेसँगै सहकारी क्षेत्रले पनि त्यसलाई समर्थन गर्दै उक्त कदम चालेको जनाइएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif