Thursday, 13 August, 2020    |    २०७७ श्रावण २९ गते , विहीवार

जल संकटको जड


२०७६ चैत्र १० गते , सोमवार प्रकाशित

     हाम्रो देशमा अपार जलश्रोत छ । यसको सदुपयोग हुन सके यसले हाम्रो राष्ट्रिय चौतर्फी बिकासलाई अपूर्व उच्चाइकासाथ आश्चर्यजनक प्रगतिको बाटोमा लम्काउन सक्ने क्षमता राख्दछ । हाम्रा पूर्खाहरुले पानीलाई शक्तिकोरुपमा पूजा गरेको त्यत्तिकै होइन । यसमा अन्तरनिहीत अमूल्य शक्ति, ऊर्जा र यसको बहुउपयोगी महत्वलाई बुझेर नै हो । त्यसैले उनीहरुले पानीलाई प्राय सबै रोगको उपचारर गर्ने औषधी(’भेषज’ भनेका हुन् । अनि बिकासको मूल शक्ति मानेका हुन् । तर न हामीले हाम्रा पूर्खाहरुका असल परम्पराबाट सिक्न सक्यौ न आजको पानीको लागि भइरहेका संर्घरुषबाट नै । हामी जता पनि निहीत स्वार्थको भुवरीमा फँसेर अल्मलिइरहेको अबस्थाबाट गुज्रिरहेको अत्यन्तै अस्वीकार्य अबस्था छ ।    संयुक्त राष्ट्र संघले बिश्वका सबै देशहरुलाई चेतावनी दिदै केही बर्ष पहिला नै भनिसकेको हो कि यदि पानीको बर्बादीलाई तत्काल नरोके चाडै नै  बिश्व गम्भीर जल संकटको खाडलमा खस्नेछ । बिश्व जल बिकास प्रतिबेदन प्रत्येक तीन बर्षमा जारी गर्ने गरिन्छ । यस प्रतिबेदनलाई जल बिज्ञान, अर्थशास्त्र र सामाजिक बिषयका बिशेषज्ञहरुले यूनेस्केको संरक्षकत्वमा तयार पार्ने गर्दछन् । बिश्वको जनसंख्या जस्तो किसिमले बढ्दै गएको छ त्यस परिपे्रक्षमा सबैलाई सुरक्षित र स्वच्छ पिउने पानी उपलब्ध गराउनु बिश्वका सबै देशहरु र त्यसमा पनि खाशगरी बिकासशील देशहरुका लागि यो अत्यन्तै चूनौतिपूर्ण हुन जान्छ र भइरहेको छ ।


  पानीलाई एउटा चक्रिय संसाधान मानिन्छ जुन पृथ्वीमा प्रचुर मात्रामा पाइने गर्दछ । पृथ्वीको लगभग ७१ प्रतिशत धरातल पानीले नै आच्छादित छ । तर अलबणीय(नुनबिनाको पानी) अर्थात पिउन लायक पानी कूल प्राप्त बिश्व जलको केवल लगभग तीन प्रतिशत मात्र रहको छ । प्रष्ट छ, अलबणीय पानीको एउटा सानो अंश मात्र मानब उपयोगका लागि उपलब्ध छ । यो उपलब्धता पनि स्थान र समय अनुसार बेग्ला बेग्लै छ । यो दुर्लभ संसाधनको बितरण र नियन्त्रणमा तनाव र संघर्ष, समुदाय, प्रदेश र राज्य तथा देशहरुको बीच एउटा बिवादको बिषय बन्ने गरेको र बन्दै आएको छ । बिकासलाई सुनिश्चित तुल्याउनका निमित्त जलको समुचित र सन्तुलित मूल्यांकन, कार्यक्षमता र संरक्षण आज अत्यावश्यक बिषय बनेको छ । पानीको समस्या आज कतिपय देशका लागि एउटा बिकराल समस्या बनिसकेको र बन्दै गएको छ । यो बिषयमा बिभिन्न किसिमका चर्चा परिचर्चाहरु पनि चल्ने चलाउने गरिएका छन् र समस्यासँग जुध्ने बिभिन्न सुझावहरु पनि प्रस्तावित रहेकाछन् ।   हाम्रो देश नेपाल बिश्वको जलश्रोतमा दोश्रो धनी देश भएर पनि यो जलश्रोतको संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्न सकिरहेको छैन । माल पाएर पनि चाल नपाएको उखान चरितार्थ गर्दै कहिलेसम्म शासक बर्गले यो अमूल्य श्रोतमाथि अनभिज्ञता प्रकट गर्दै या यसमाथि जानाजान खेलबाड गर्दै रहने हो दुःखलाग्दो स्थिति छ । हाम्रो देशमा बिद्यमान ठूला साना ६ हजार नदी नालाहरुबाट प्राप्त अमूल्य जलश्रोतलाई सही र बैज्ञानिक राष्ट्रिय नीति बनाएर सार्थक उपयोग गर्ने हो भने नेपालको कृषि, उद्योग, बन, बातावरण, बिज्ञान, प्रबिधि, स्वास्थ्य, शिक्षा, यातायात सबै क्षेत्रको चौतर्फीरुपले सन्तुतिल र दीगो बिकास हुने मात्रै होइन नेपाल बिश्वका सम्पन्नशाली देशहरुको हाराहारीमा पुग्ने अत्यन्तै ठूलो र अचूक सम्भावना यसको सदुपयोगमा अन्तरनिहीत रहेको छ । हाम्रो यो अमूल्य सम्पदा त्यसै खेर गइरहेको तर्क (कुतर्क भने बढी ठीक होला कि) अघि सारेर गुन्द्रुकको मोलमा नदी नालाहरु अरुलाई जिम्मा लगाउने र आफु फेरि पनि पानीकोबहु उपयोगबाट बञ्चित रहने हो भने जल सकटका कारण उत्पन्न हुने बहुआयामिक संकटले नेपाल रसातलमा पुग्ने कुरा निश्चित छ । त्यसैले जल संकटको जड — जल माफियाहरुको स्वार्थ अनुरुपको जलश्रोत नीतिबाट मुक्त भएर ब्यापक जनता र राष्ट्रको हितमा यसको शतत दीर्घकालीन र दीगो उपयोगमा लाग्न सक्नु र सिक्नु पर्दछ । अरु कुनै बिकल्प छैन र हुन पनि सक्तैन ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif