Friday, 03 July, 2020    |    २०७७ असार १९ गते , शुक्रवार

एक सातासम्म भारत र चीनसँगको आबागमन बन्द गर्ने सरकारको निर्णय


२०७६ चैत्र ९ गते , आईतवार प्रकाशित

कोरोना भाइरस फैलिन नपाओस् भन्ने हेतुले पूर्ब सतर्कताका लागि नेपाल सरकारले भोलीदेखि एक सातासम्म भारत र चीन दुबै छिमेकी राष्ट्रहरुसँगको आबागमन बन्द गर्ने निर्णय लिएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले यो निर्णय लिएको हो ।

    यसै बीच भारतमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै गएको छ र त्यो संख्या ३९१ पुगेको  छ भने आज पटनामा भएको एक जनाको मृत्यु समेत भारतमा अहिलेसम्म ७ जनाको मृत्यु हुन पगुृेको छ ।

यता बीरगञ्जका कुवेतबाट फर्केका एकजना ब्यापारीलाई कोरोना संक्रमण भएको शंकाले ले अहिले उनको उपचार भारतको पटनामा भइरहेको बताइएको छ । उनका परिवारलाई पनि होम क्वारेण्टाइनमा राखिएको बताइएको छ ।

  केही दिन अघि कुबेतबाट फर्किए पछि उनलाई लगातार ज्वरो आउने र खोकी लाग्ने गरेको थियो । त्यसैले उनलाई कारोना भाइरस लागेको सन्देह गरिएको थियो । बीरगञ्जनका नुै अस्पतालले पनि उनला हेर्न अन्कनाएपछि उनलाई पटना लगिएको थियो । त्यहाको अस्पतालले कोरोना भाइरस पोजिटिभ  नभएको पुष्टी गरेको र उनको त्यही उपचार भइरहेको बताइएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif