Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

विपत्ति आइलाग्दा


२०७६ चैत्र ८ गते , शनिवार प्रकाशित

         

  • इन्द्रनारायण सुबेदी
            (छन्द : शिखरिणी)


कुनै बाजागाजा डिमडिम बजाउन्न पहिले।
अनायासै झम्टी हरतरह पक्रिन्छ कहिले।
विपद्का होहल्ला अनुकथन हुन्छन् थरीथरी।
जरा के हो खोजौँ अधिकतम विश्लेषण गरी।१।

छ कोरोना ऐले मुलुकभर चर्को सनसनी ।
बनायो धेरैको विचलन लियो जीवन पनि।
अझै बढ्ने सम्भावित छ खतराका दिनहरू।
सुरक्षाका बाटा अब तय गरूँ बेर नगरूँ।२।

समस्याका पोका जड जडित जे छन् सब चिनी।
कुनै होहल्लाका पछिपछि बिना अर्थ नहिँडी।
सफा खाना खाने हरपल सफा सुग्घर हुने।
सुरक्षाका जम्मै नियम बिधिमा व्यस्त रहने।३।

महामारी आयो प्रलय अहिले हुन्छ कि भनी।
बनेका छन् मान्छे विचलित र आतङ्कित पनि।
छ यो चिर्ने बेला कथित घटनाका क्रमहरू।
अनायासै उठ्ने विकसित अनेकौँ भ्रमहरू।४।

महामारी भित्रै कतिपय छ धन्दा रहरको।
उगेल्दैछन् कोही विषमय घडा त्यो जहरको।
अनेकौं छन् हाम्रै वरिपरि घुमेका जटिलता।
दुराचारी कालो हृदयभरि बोक्छन् कुटिलता।५।

बडो होसी बन्ने कटु समयको मोड छ यहाँ ।
महामारी जित्ने सकल जनको जोड छ यहाँ
गरौँ होस्टेहैँसे जति जति सकेको जगतले।
पखालौं, धर्तीको कसर अब रातो रगतले।६।      

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif