Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

भैरहवामा कोरोना सम्बन्धी चेक जाँच तथा स्वास्थ्य परिक्षण शिविर शुरु


२०७६ चैत्र ७ गते , शुक्रवार प्रकाशित

शहबाज खान, भैरहवा । 

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना सम्बन्धी भैरहवामा चेक जाँच तथा स्वास्थ्य परिक्षण शिविर शुरु भएको छ ।

मायादेवी च्यारीटेबल फाउण्डेशन र बास रुपन्देहीको संयुक्त आयोजनामा भैरहवाको बुद्धचोक नजिकै रहेको संगम पेट्रोल पम्पको उत्तर तर्फ अस्थाई शिविर क्याम्प बनाएर चेक जाँच शुरु  गरिएको हो ।  

चैत्र मसान्तसम्म चल्ने उक्तमा शिविर बिहान ९ बजे देखि साँझ ५ बजेसम्म स्वास्थ्य चेक जाँच कोरोना भाइरसबारे जनचेतना तथा वृद्धहरूलाई मास्क वितरण, सुगर परिक्षण र सेनिटाइजर हातमा लगाई अभियान सुरु गरिएको मायादेवी च्यारीटेबल फाउण्डेशनका अध्यक्ष रवि कुमार रौनियारले जानकारी दिए।   

प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेको सुगर तथा ज्वरो नापेर शिविरको औपचारिक शुरुवात भएको बास रुपन्देहीकी बिजया खत्रीले बताए।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रणमा मायादेवी च्यारीटेबल फाउण्डेशन र बास रुपन्देहीको कार्य सराहनीय रहेको बताए। साथै उहाँले सम्पूर्ण आमनागरिकलाई यस भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif