Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

मुस्लिम समुदायलार्य कोरोना भाइरस बिरुद्ध जन चेतना जगाउन आग्रह


२०७६ चैत्र ७ गते , शुक्रवार प्रकाशित

शहबाज खान 


कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघको लाइब्रेरीमा कोरोना भाइरस सम्बंधि मुस्लिम समुदायको धर्मगुरुहरु लाई समाजमा सावधानी अपनाउन प्रयास गर्ने संदेश दिइयो।  सत्ताधारी  नेकपाका केन्द्रीय सदस्य सिराज अहमद फारुकीले सबै मुस्लिम समुदायलाई भिडभाड ठांउमा नजान,सबै मिलेर सरकारको हरेक निर्णयलाई मानेर सावधानी अपनाउन आग्रह गरे।   आफ्नो विचार राख्दै राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले हरेक धर्मका धर्म गुरुले विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौतीको सामना गर्दै आएका भारत समेत प्रभावित रहेकाले नेपालमा समेत सबै नेपालीलाई सावधानी अपनाउन आग्रह गरे ।
  मदरसा बोर्ड प्रदेश नं ५ का उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले नेपाल सरकारले दिएको निर्देशनलाई मुस्लिम समुदाय समेतले अपनाई कोरोना भाइसको रोकथाम गर्न र सचेतना अपनाउन आग्रह गरे ।   इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले नेपाल सरकारको अभियान मा नै मुस्लिम समुदाय रहेको कुरा सराहनीय रहेको जिक्र गरे । समाजवादी पार्टी प्रदेश नं ५ का प्रवक्ता अकरम पठान ले राष्ट्रीय मदरसा संघले धर्म गुरुहरूलाई सचेतना फैलाउने कार्य प्रशंसनीय रहेको बताए ।
   कृष्णनगर सत्ताधारी  नेकपाका  अध्यक्ष जावेद आलम खान, मौलाना अब्दुल रसिद मदनी, शैख अब्दुल मन्नान सल्नी,मौलाना अब्दुल अजिम मदनी, मौलाना अकिल अहमद नइनी, दिनेश गुप्ता, अब्दुल अजिज रहे ।       Attachments area

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif