Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

खलंगामा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम


२०७६ चैत्र ६ गते , विहीवार प्रकाशित

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र प्रभू बैंकको संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ । 

भौगोलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तिय साक्षरता अभिबृद्धि गर्ने उदेयश्का साथ आयोजित कार्यक्रम जुम्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो । 

कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगेपनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताइन् । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्वबारे जानकारी गराउदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताए । पैसा जीवनमा नभई नहुने भएकाले यसलाई सही सदुपयोग गर्न उनको  आग्रह थियो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif