Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

यस्तो छ मुलुकको आर्थिक तथा वित्तीय स्थिति


२०७६ चैत्र ५ गते , बुधवार प्रकाशित

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो ७ महिनाको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै मुलुकको वित्तीय अवस्था यसप्रकार रहेको जनाएको छ:
  • वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८७ प्रतिशत छ ।
  • सात महिनाको औसत मुद्रास्फीति ६.४७ प्रतिशत छ ।
  •  आयात ३.६ प्रतिशतले घटेको छ भने निर्यात २२.४ प्रतिशतले बढेको छ ।
  •  विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको छ ।
  •  शोधनान्तर स्थिति रु.२१ अर्ब ६१ करोडले बचतमा छ ।
  •  कुल विदेशी विनिमय सञ्चिति रु.१०९६ अर्ब ६८ करोड बराबर कायम भएको छ । उक्त सञ्चिति ८.५ महिनाको बस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।
  •  संघीय सरकारको बैंकिङ्ग कारोबारमा आधारित खर्च रु.४४९ अर्ब २३ करोड र राजस्व परिचालन रु.५५१ अर्ब ८२ करोड छ ।
  •  विस्तृत मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.८ प्रतिशतले बढेको छ ।
  •  बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.४ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.९ प्रतिशतले बढेको छ ।
  • र्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.६ प्रतिशत र कर्जाको वृद्धिदर १४.१ प्रतिशत छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif