Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

उपनिषदहरुले भौतिक जगतको कुनै पनि सत्ता छैन भन्दछन् !


२०७६ चैत्र ४ गते , मंगलवार प्रकाशित



शिब भटराई



       भारतीय दर्शनको महत्वलाई ज्ञानको भण्डार मानिएको ‘उपनिषद’को सामान्य ज्ञान र चर्चा बिनाको भारतेली दर्शन पूmको अथवा निस्तो खाना जस्तै हो । हुन त उपनिषदलाई भारतीय दर्शको मुकुट मान्नेको संख्या धेरै नै छ । तर वास्तविकताभन्दा ती ‘धेरै’हरु अलि परै पनि छन् । किनभने उपनिषद शब्दको अर्थ नै ‘रहस्य’ र भनिन्छ ‘रहस्यम्’‘उपनिषद’। उपनिषेदका शब्द ब्युत्पत्तिकारहरुले आफ्ना गुरुका नजिकै बसेर गुरुद्वारा रहस्य(ज्ञान)प्राप्त गर्नुलाई भनेका छन् । उपनिषदमा बर्णित कथाहरुले अझै के पनि दर्र्र्शाएको पाइन्छ भने – कतिपय ज्ञानार्थीहरु – ज्ञान (रहस्य)को प्राप्तिका लागि सम्पूर्ण जीवननै प्रतिक्षारत रहेर गुरुछेउ बिताउँथे । त्यतिमात्र होइन, उपनिषदको ज्ञान प्राप्त गर्न पाए आफ्ना राजकुमारीहरुसम्मलाई राजाहरु त्यस्ता ऋषिमुनिहरुलाई दिन तैयार हुने कथाहरु उपनिषदकै कथाहरुमा पाइन्छन् ।

   त्यस्तो समय पनि भारतमा आएको थियो जसमा उपनिषदले आफ्नो प्रामाणिकता समेत स्थापित गरेको थियो उपनिषदकै नामबाट र दुइ सयभन्दा धेरै रचनाहरु रचिएका थिए जबकि उपनिषदहरुको वास्तविक प्रमाणित संख्या भने बिद्वानहरु जम्माजम्मी १३ मात्र रहेको बताउँदछन् । उपनिषदको ब्यापक प्रभावकै कारणले होला मुस्लिम धर्मलाई लिएर ‘अल्लाह उपनिषदको’ पनि अकबरको समयमा प्रकाशन भएको थियो भनिन्छ । जे कुरालाई लिएर उपनिषदको प्राचीनता अर्थात ६०० इशा पूर्व अर्थात् बुद्धभन्दा पहिले रचित ग्रन्थहरु बिचारका दृष्टिले कति बिकसित थिए भनेर आज पनि बिचार, दर्शन,चिन्तन र आस्थाहरु जीवन्त भएर भारतीय जीवन पद्धति प्रभाबित भएको छ – त्यो अरु दर्शनहरुमा पाउन सकिदैन । त्यस्ता मूख्य उपनिषदहरु – बृहदारण्यक, छन्दोग्य तैतरीय, ऐतरिया आदि छन् ।

उपनिषद वास्तवमा भारतीय दर्शनको एउटा यस्तो युगको दर्शन हो जसले भारतीय दर्शनको चिन्तन दिशा नै फेरिदियो, जसले त्यस समयका मानिसहरुमा ब्याप्त जादु, टुनामुना, लमा झाँक्री सम्बन्धि एकदमै अर्थहीन मनोदसाबाट हटेर – ‘दार्शनिक’ भनेर मान्यता प्राप्त बिचारहरु, प्रश्नहरु र तर्कहरु जस्तै ‘ब्रह्म के हो’ ? ‘जीबनको उत्पत्ति कसरी भयो’? ‘जीबनको आधार के हो’?आदि जस्ता प्रश्नहरुको उत्तरको खोजमा लाग्यो । उपनिषदको अर्को बिशेषता हो – ब्राह्मणहरुको कर्मकाण्ड सम्बन्धि झण्झटिलो  कर्मकाण्डको, स्वर्ग नर्कको एकदमै अबिश्वसनीय बिधिबिधानहरुबाट – मुक्ति – त्यस्तो मुक्तिले सधैंको कर्मकाण्डको, स्वग नर्कको ऐठनबाटग्रस्त समाजले कर्मकाण्डप्रति बिद्रोह नै त नभनौं तर बैकल्पिक चिन्तनको सशक्त धारणाको निर्माण भने गरेको हो । यसै कारणले पनि होला परम्पराबादीहरु उपनिषदलाई बेदको ‘ज्ञान’ काण्ड र ‘ब्राह्मण’ ग्रन्थहरु बेदको ‘कर्म काण्ड’ अर्थात् कर्म सम्बन्धि परिच्छेद भनेर आफै गौरबान्वित भएका हुन्छन् । यी ग्रन्थहरु अर्थात् उपनिषदहरु आफैमा पनि बिचारका दृष्टिले, तर्कका दृष्टिले प्रतिपादित बिषय बस्तुका दृष्टिले पनि सुसम्बद्धता या एकरुपताको अभावले अहिलेसम्म पनि तिनको अमिल्दोपनालाई दर्शाइरहेकै छन् ।


   हुन त डाएटशन जस्ता बिचारक पनि उपनिषदहरु ‘ब्रह्म’ र ‘आत्मा’ मात्र सीमित भएर रचिएको भन्दछन् तर कुरा त्यसो पनि होइन, किनभने उपनिषदहरुको सख्या जस्तै त्यसका रचनाकारहरुको पनि नाम अलग अलग छन् र हरेक उपनिषदका रचनाकारको बिचार र बिषय बस्तु एकदमै एकाकार भएको पाइदैन । हो, रुढीवादीहरु, परम्पराबादीहरुका कुराहरु उपनिषद भित्र कुरा, कथा र कल्पना जे जस्ता प्रकृतिका भए पनि मूलरुपमा एउटै ‘दर्शन’ अर्थात बिचारको मात्र प्रतिनिधित्व गरेको भन्ने कुराको कतै पुष्टी हुदैन । यस्तै बिबाद उपनिषदहरुका रचयिता ऋषि, महर्षि, वा दार्शनिक ब्यक्तित्वहरुका बारे उनीहरुको ऐतिहासिक महत्ताको आँकलन कसरी गर्ने ? यो स्थितिको द्विबिधा भित्र उपनिषदकै बिबिधताको प्रतिबिम्ब पनि हो । उपनिषदीय दर्शन वास्तवमा ब्रह्म, आत्मा र मोक्षसितै गाँसिएको बिबिध तर्क, बुद्धि, बिचार मन्थन र उपदेश आदिको अद्वितीय पोको पनि हो । आरण्यक र  छन्दोग्य उपनिषद यसका ज्वलन्त उदाहरणहरु हुन् र ती ग्रन्थहरुमा पाइने बिभिन्न मत र अभिमतहरु तत् तत् दार्शनिक वा ऋषि महर्षिहरुका ब्यक्तिगत मत वा बिचारहरु हुन् । त्यस्ता मत वा चिारका बिचारक अथवा प्रणेताहरुमा उद्दालक, गार्गी, अजातशत्रू, याज्ञबल्क्य आदि आदि थिए ।

   यद्यपि उपनिषदमा सर्बाधिक प्रतिपाद्य दर्शनको संख्या गनेर गन्न सकिदैन । भनिन्छ याज्ञबल्कको समय त सम्पूर्ण भारत बर्षको उत्तरी भेग बिचार बेत्ता, दर्शनका ब्याख्याताहरु बीच दार्शनिक संघर्षले ब्याप्त भएको थियो । त्यस समयमा उपनिषदहरुमा बिवेचना गरिएका दर्शहरुलाई ग्रीक दार्शनिकहरुसित तुलना पनि गरिन लागिएको थियो ।जस्तै महीदासलाई अरस्तू गार्गीयणालाई प्लेटो, उद्दालकलाई एनेग्जिगोरस तथा पाइथागोरसित दाजिने गरिन्थ्यो । वास्तवमा भारतीय दर्शको ‘उपनिषद काल’ जीव र जीवनलाई बन्धन र मोक्षको मन्थन र मननको कालकोरुपमा पनि लिन सकिन्छ । 

 उपनिषदकाल अर्थात समयले भारतीय दर्शनको उदीयमान अबस्थालाई कता कता कुण्ठित गरायो । चिन्तनको गहना जति गहिरो भए पनि बिबिधताको बिस्तार उपनिषदका कालमा अबरुद्ध भयो । कारण उपनिषदका प्रणेता र ब्याख्याताहरुले ‘बह्म’सम्बन्धि चिन्तनको इतिहास जति पुरानो भए पनि त्यसलाई ‘आत्मा’सित मिलाई ‘ब्रह्म’ शब्दको अर्थ र त्यसको तात्पर्य—परमार्थ वा सत् चित् एकाकार गराएर — ‘अहं ब्रह्मास्मि’ अर्थात् ‘म नै ब्रह्म हुँ’सम्म पु¥याए । यति मात्र कहाँ हो र ‘तत्वमसि’ अर्थात् ‘तिमी पनि त्यही हौ’ भनेर ‘महाबाक्य’का रुपमा टुंग्याए । तर पनि उपनिषदहरुको प्रतिपाद्य बिषय ‘आत्मा’सम्बन्धि बिवेचना र निष्कर्श एउटै छैन । उदाहरणका लागि आत्माको तात्पर्य ‘शुद्ध आत्मा’ र ‘शुद्ध चैत्यन्य’ हो भनेर अलि पाका उपनिषदका ब्याख्याताहरुको भनाइ पनि छ ।जे भए पनि प्राय सबैजसो उपनिषदहरुमा ब्यक्त गरिएका मान्यताहरुले ‘परमार्थलाई नै सत् र शुद्ध चैतन्य भनेका छन् । यसको सोझो अर्थ हो उपनिषदहरुले यो भौतिक जगतको कुनै पनि रुप यस अर्थमा कुनै सत्ता छैन भनेका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif