Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

हामी श्रमजीवी जनताहरु


२०७६ चैत्र ४ गते , मंगलवार प्रकाशित

   —भारद्वाज

 तिमी शासक भयौ
 हामी शासित भयौ
 तिमी अन्याय गर्ने 
हामी अन्याय सहने
तिमी लूटपाट गर्ने
हामी चुपचाप हेर्ने
तिमी शोषण गर्ने 
हामी शोषणमा पर्ने 
बस, यही छ नियति 
अहिलेसम्मको सबै राजनीतिमा
जति  परिवर्तन आए पनि  उस्तै छ
हाम्रो भाग्य गरीबी, अभाव, असुरक्षा बेरोजगारी,
बिभेद, बैमनष्यता हाम्रो दैनन्दिन बनेको छ 
तिमीले यी नै कुरा भजायौ  सत्तामा गयौ,
मोजमस्ती ग¥यौ  आफ्नो वरत्र परत्र सबै सुधा¥यौ 
बिलाशिता र बैभबको बाटो रोज्यौ 
त्यसैले त तिमी हेर्दाहेर्दै 
शासक बर्गमा परिणत भयौ 
हाम्रा सबै सपनाहरुमाथि तुषारापात गर्दियौ
 हामीलाई बिचल्लीमा पा¥यौ
नाटक गरिरहेका छौ अझै 
क्रान्तिकारी भएको आडम्बरी ? 
तिमीलाई चिन्न धेरैबेर लागेन 
तर तिमीले पारेको फोहोर फाल्न 
कति समय लाग्ने हो भन्न गाह«ो छ
तै पनि हामी तिमीले पढाएको 
नकारात्मक पाठबाट शिक्षा लिदै
सबै किमिसका धोकाहरुलाई चिर्दै
कर्त्तब्य अबिचल लागिरहेका छौ 
बास्तबिकताको बोध गर्दै
जागिरहेका छौं हामी
छुट्ट्याउदै छौं प्रष्टसँग
के क्रान्ति हो, के भ्रान्ति हो 
के लोकतन्त्र के अलोकतन्त्र
हाम्रो जीवन र संघर्षले 
हामीलाई सिकाएको छ
 होशियार बन्नुपर्छ 
सत्ताको जुठोपुरो खानेहरुसँग 
चाहे स्वदेशको होस् या बिदेशको 
त्यो जनबिरोधी तावेदारी हो 
सत्ताधारी शोषकहरुको चाप्लुसी र चाकरी 
कदापि श्रमजीवी  जनताको हितमा हुन सक्तैन 
हामीलाई हाम्रै शासन चाहिन्छ
हाम्रै प्रतिनिधित्व चाहिन्छ 
यही इतिहासको एक मात्र सत्य हो
आजसम्मको मानब  सभ्यता र सँस्कृतिले
दर्शाएको अखण्ड मूल बाटो हो 
हामी त्यसका अबिरल यात्री हौं 
बर्ग संघर्षको मैदानमा डटिरहने 
उत्पादन संघर्षको मैदामा डटिरहने 
बैज्ञानिक प्रयोगको मैदानमा डटिरहने 
सदीयौंदेखिका मानब मुक्तिका बाधक  बनिरहेका
दुःख कष्टहरुबाट छुटकारा पाउने 
मूलबाटोका हामी अबिरल यात्री !
हामी श्रमजीवीहरु जनताहरु  !    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif