Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

संसारमा जनसंख्या असन्तुलनले उत्पन्न गर्ने समस्या


२०७६ चैत्र ३ गते , सोमवार प्रकाशित

  आज बिश्वमा जनसंख्यको बेग्ला बेग्लै आयु बर्गको बद्लिदो अनुपात स्वास्थ्य सुबिधा बढ्नुका साथै सारा बिश्वमा बुज्रुक या बृद्ध बृद्धाको हिस्साको संख्या पनि बढ्दै गएको छ । संयुक्त राष्ट्र संघको एउटा प्रतिबेदनका अनुसार बिश्वमा ६५ बर्षभन्दा माथिका बृद्ध बृद्धा या बुज्रुकहरु संख्या अहिले पाँच बर्षभन्दा कम उमेरका बाल बच्चाहरुको भन्दा बढी भइसकेको छ ।    गएको बर्ष संयुक्त राष्ट्र संघको बिश्व जनसंख्या प्रतिबेदन २०१९ मा यस्ता कतिपय प्रबृत्ति(ट्रेण्ड्स)हरु रेखाङ्कित गरिएका थिए, जसले हामी सबैलाई सजग हुनु पर्ने औंंैल्याएका छन् । बिश्व जनसंख्या बढ्ने या घट्ने यो प्रबृत्ति या रुझानले केवल हाम्रो जीवन शैलीसँग जोडिएका कतिपय समाजिक साँस्कृतिक मान्यताहरुमा परिवर्तनको आधार या जमिन तयार गरिरहेका मात्र हुँदैनन्, त्यसका अतिरिक्त बिश्वका सबै सरकारहरुमा यस बिषयमा सहयोग र समन्वयको आबश्यकताहरु रहेको पनि बताइरहेका हुन्छन् । त्यस प्रतिबेदनका अनुसार आगामी २०५० सम्ममा बिश्वको जनसंख्या अहिलेको ७७० करोडबाट बढेर ९७० करोड हुन पुग्नेछ । हुन त अहिले जनसंख्या बृद्धिमा लगभग सबै ठाउँमा गिर्दो स्थिति दर्ज गरिदैछ । बिश्व स्तरमा प्रति महिला सरदर जन्म दर १९९० मा ३.२ थियो जुन २०१९मा घटेर २.६ रहन पुगेको देखिन्छ । आगमी २०५० सम्म यो अझ कम भएर २.२ हुन जाने अनुमान पनि गरिएको छ । कुनै देशको जनसंख्या घट्न न थालोस् भनेर त्यसका लागि प्रति महिला सरदर जन्म दर २.१ हुन आवश्यक रहेको पनि बताउने गरिन्छ ।  
यद्यपि अहिले बिश्व स्तरमा भलै जनसंख्या बृद्धि हुँदै जाने चूनौति झेलिरहेका छौं तर बिश्वका ५५ देशहरु यस्ता छन् जहाँ जनसंख्या बस्तुतः घटिरहेको छ । आगामी २०५० सम्ममा ती देशहरुको जनसंख्यामा  १ प्रतिशत या त्यो भन्दा पनि बढी गिरावट आउन सक्ने अनुमान पनि गरिदैछ । यो जनसंख्याको कमी केवल जन्म दरमा कमीका कारणले मात्र आइरहेको भने हैन । यसका अतिरिक्त कतिपय देशमा यसका लागि जनसंख्याको पलायन पनि जिम्मेवार छ । अराजकता, अशान्ति र अन्यायपूर्ण दमन आदिको शिकार बिश्वका कतिपय क्षेत्रहरुबाट मानिसहरु ज्यान बचाउनका लागि आफ्नो देश या क्षेत्रहरु छोडेर ती अन्यत्र भागिरहेका छन् । कतिपय देश यस्ता पनि छन् जहाँ कानुन ब्यबस्थाको समस्या छैन, तर रोजगारीको राम्रो अबसरको अनुपस्थितिका कारणले पनि मानिसहरुलाई राम्रो रोजगारी पाइने स्थान या देशहरुतिर जान बाध्य पारिरहेको छ । हाम्रो देश नेपाल नै यसको राम्रो उद्धाहरण छँदैछ । बैध र अबैधरुपमा समेत गरेर करीब ८० लाख यूवा र अन्य मानिसहरु मूख्यतः रोजगारीका कारणले बिदेशिन बाध्य छन् ।

  यो समस्याले गर्दा यसरी अहिले बिश्व जनसंख्यको यो बिग्रदो सन्तुलनलाई ध्यानमा राख्ने हो भने आउँदा बर्षहरुमा बिभिन्न देशहरुले एक्लै आफ्नो स्तरमा मात्र समस्याको कुनै समाधान निकाल्न सक्ने देखिदैन । बरु राम्रो के होला र हुन सक्तछ भने बिश्व स्तरमा नीतिहरु, योजनाहरु र कानुनहरुलाई समन्वयमा ल्याउने प्रयास अहिलेदेखि नै गरिनु अत्याबश्यक छ, जसले गर्दा जुन परिवर्तन माग र आपूर्तिको कष्टप्रद पक्रिया अन्तरगत आइरहेका छन् तिनलाई अझ बढी सहज तरीकाले सम्भब तुल्याउन सकियोस् । यसका लागि बिश्व स्तरका संयुक्त राष्ट्र संघ, त्यसका बिबिध निकाय तथा बित्तीय र रोजगार एबं औद्योगिक निकायहरुले समय छँदै यो जनसंख्याको स्थितिलाई सर्बोपरी ध्यान दिनुपर्ने स्थिति बद्यमान छ ।

  अर्कोतिर यही जनसंखयामा जारी रहेको उथलपुथलकै दोश्रो पक्ष हो – जनसंख्याका बेग्ला बेग्लै उमेर समूहको बिश्वमा र बिभिन्न देशहरुमा उमेर समूहको बद्लिदो अनुपात ।
स्वास्थ्य सुबिधा बढ्नका साथै  सारा बिश्वमा बुज्रुक बृद्ध उमेर  समूहको जनसंख्याको हिस्सा पनि बढ्दै गइरहेको छ । संयुक्त राष्ट्र संघको पछिल्लो यो प्रतिबेदनले बताउँदछ कि बिश्वमा ६५ बर्ष भन्दा माथि उमेरका बृद्ध बृद्धाहरुको संख्या अहिले पाँच बर्ष उमेरका बच्चाहरुको भन्दा पन बढी भइसकेको छ । अनि २०५० सम्ममा बिश्व जनसंख्यामा उनीहरुको हिस्सा साना बालबच्चाहरुको भन्दा दोब्बर (अझ भारतकै मात्र कुरा गर्ने हो भने त तेब्बर) हुन पुग्ने प्रबृत्ति रहेको छ । जनसंख्याको यो अनुपातले चाँडै नै हाम्रो सामुमा बृद्ध बृद्धा बुज्रुकहरुको रेखदेख र उनीहरुको ऊर्जाको रचनात्मक उपयोगको चूनौति प्रस्तुत गर्नेछ । यसका अतिरिक्त हामीलाई हाम्रा अहिलेसम्मका केही स्थापित मूल्य मान्यताहरुप्रति पनि पुनर्बिचार गर्न बाध्य पार्नेछ । समय रहँदै सचेत र सतर्क हुनु बाञ्छनीय मात्र होइन अत्याबश्यक छ । यस समस्यामा समय घर्किए पछि पछुताउने बाहेक अरु केही बाँकी रहँदैन । यो सधैं हेक्का राखिराख्नुपर्ने महत्वपूर्ण कुरा नै हो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif