Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

यूवाहरुलाई समाजसेवी र उद्यमशील बनाउन केन्द्रित जेसिज – जेसि पौडेल


२०७६ चैत्र २ गते , आईतवार प्रकाशित

 प्रिया अधिकारी कञ्चन    मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल नाराकासाथ कञ्चन जेसिजले आयोजना गरेको बृहत् खुल्ला रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।रक्तदान कार्यक्रमका प्रमुख अतिथि रहेका वड नं १ का वडा अध्यक्ष हरिनारायण थारुले हिजो बोल्दै समय समयमा रक्तदान गर्नु मृत्युको दोसाँधमा पुगेका व्यक्तिहरुका लागि जीवनदान हुन्छ भने रक्तदान गर्ने व्यक्तिको रगत हरेक ३÷३महिनामा आफै खेर जाने र त्यस रगतको स्थानमा नयाँ रगत पलाउने भएकोले खेर जाने रगतलाई रगतको अभावमा रहेका व्यक्तिलाई उपलब्ध गराउनु निकै ठूलो पुण्यको काम भएको बताए । कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका  कञ्चन जेसिज बर्ष २०१९का अध्यक्ष चुडामणि पौडेलले कञ्चन जेसिजले यूवाहरूलाई समाज सेवी र उद्यमशील बन्न प्रोत्साहित गर्नमा बढी केन्द्रित रहने संस्था रहेकोे बताएका थिए ।    त्यस्तै कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेलले रक्तदाताहरुलाई स्वागत गर्दै यूवाहरूलाई समाजको नेतृत्व गर्न र समाजलाई नजिकबाट चिन्नका लागि जेसिजको माध्यमबाट सामाजिक गतिविधिमा संलग्न हुनु अभिप्रेरित गर्न विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । जेसिजकी सचीव प्रिया तरामुको आस्थापाठ रहेको कार्यक्रममा जेसिज बर्ष २०२० की कानुनी सल्लाहकार राधिका चौधरीले रक्तदान गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।    कञ्चन १ लौसा न्यु मुनलाइट यूवा क्लबको सभाकक्षमा कार्यक्रम भएको थियो। जेसिजका महासचिव चित्र बहादुर तुलाचनको सञ्चालनमा सैनामैना जेसिज बर्ष २०२०का अध्यक्ष सिता के सी लगायतले मन्तब्य राखेका थिए। रक्तसंचार  केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा रक्तदान कार्यक्रमका संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी मोहराज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif