Monday, 06 April, 2020    |    २०७६ चैत्र २४ गते , सोमवार

जस्तापाताका छानाले बिस्थापित भए गाउका खरका छाना : एक रिपोर्ट


२०७६ फाल्गुन ३० गते , शुक्रवार प्रकाशित



सीताराम थापा


बागलुङ्ग जिल्लाको १० वटै स्थानीय सरकारले बिस्तारै  असल कामबाट सिकेर खरको छाना मुक्त गर्ने योजना छ र यसको कार्यान्वयन पूरा हुने अपेक्षा रहेको छ। नेपालको यउटा गाउपालिकाको वार्डले खरको छाना भएकाहरुलाई जस्ताको पाता दियर खरको छानामुक्त बनाउने अभियानामा लागेको छ।  यस क्रममा बागलुङ जिल्लाको  काठेखोला गाउँपालिका–७ रेशाका २४ घरलाई आज जस्तापाता प्रदान हस्तान्तरण गरेको हो।  गत बर्ष  विपन्न परिवारका ३० घरमा खरबाट मुक्त गरेर जस्तापाता हालिएको थियो ।यस वडामा खरको छाना भएका ७२ घरधुरी थिए ।   अझै बाँकी १८ खर घरलाई टिनले टल्काउने योजना पूरा गर्न आवश्यक छ।


  यस वर्ष वडाका खर छाना भएका गरीब घर सबै खरका छाना फेरिसक्ने वडाध्यक्ष प्रेम लामिछाने बताउछन । गाउका गरीब, दलित,  एकल महिलाको खरको छानो भएकाले तिनजको विस्थापित गर्ने योजना साकार पारिने पनि उनले बताए ।  

  खरको झुपडीमा जीवन गुजारिरहेका परिवारलाई वडाले झंजटिलो प्रकृया हटाई सुरक्षित छानोमुनि ल्याउने चाहाना देखिन्छ । खर बाहेक पक्कि बस्तुले छाएको र दोहोरो घरमा खरले छाएको गरी दुई घर भएका परिवारलाई  वडाको सहयोग नहुने बताइन्छ । हुने परिवारलाई आफ्नै खर्चमा जस्तापाता हालिसकेका छन।    जस्तापाता खरिददेखि ढुवानीसम्म वडा कार्यालयले लगानी गरेर हस्तान्तरण पछि  जस्तापाता सम्बन्धित परिवारले आफै छाना छाइरहेका छन।  आर्थिक विपन्नताकाारण छानो छाउन नसकेका परिवारलाई वडा कार्यालय सहारा बनेको यो यउटा राम्रो उदाहरण हो। । जस्तापाताको छानोले बास सुरक्षित हुने भएपछि वडावासी र दीनदुखीहरु  खुशी मनमा  छन् ।  खरका छाना हटाउने योजनाका लागि हालसम्म वडाको रु १८ लाख बजेट खर्च भइसकेको छ । वडा नंं २ भीमापोखरामा पनि खरका छाना विस्थापित गर्ने कार्यले तीव्रता पाएको छ । गत आर्थिक वर्षमा २४ घरका छाना जस्तापाताले छाइएको वडा कार्यालयले जनाएको छ ।   चालू आवमा थप १७ विपन्न परिवारलाई जस्तापाता निःशुल्क प्रदान गरिएको छ । वडा कार्यालयले यो वर्ष जस्तापाता वितरण गर्नका लागि रु छ लाख बजेट छुट्याएको थियो । वडाभित्र ५५ खरले छाएका घर भएकामा आगामी वर्ष सबै खरका छानामा जस्तापाता हालिने भएको छ । 
बागलुङ नगरपालिकाले हालै ‘जनता सुरक्षित आवास’ कार्यक्रमअन्तर्गत ४० विपन्न परिवारलाई घर छाउनका लागि जस्तापाता वितरण गरेको थियो । चौधवटै वडामा रहेका खरका छाना विस्थापित गर्ने नगरपालिकाको योजना छ ।उक्त योजनाका लागि नगरले चालू आवमा रु १५ लाख बजेट छुट्याएको थियो । आगामी वर्ष पनि जस्तापाता वितरण गर्ने कार्यले निरन्तरता पाउने नगरपालिकाले जनाएको छ । वर्षौंदेखि खरको छानोमुनि कष्टकररुपमा जीवनयापन गर्दै आएका विपन्न परिवारका छाना फेर्न स्थानीय तहले लगानी गरेका हुन् ।   जिल्लाका दशै वटा स्थानीय तहमा खरका छाना विस्थापित गर्न अभियान थालिएको छ । रङ्गीचङ्गी जस्तापाता पाएपछि गाउँ, बस्तीमा रहेका विपन्न परिवारका घरले विस्तारै मुहार फेर्दैछन् । गण्डकी प्रदेशमा गरीबी बढी भएको जिल्लामध्येमा बागलुङ पनि पर्छ । जिल्लाभर रहेका खरका छाना फेर्न भने आउँदा केही वर्ष अझौ कुर्नुपर्ने देखिन्छ । गाउँघरमा अहिले पनि खरले छाएका घरगोठ धेरै छन् । यसलाई सबै स्थानीय निकायले पूरा गर्छ गर्दैन त्यो भने अन्य ठाउमा हेर्न बांकि रहेको नागरिक अगुवाहरुल हेरिरहेका छन्।
   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif